newa srijana

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

पोखरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारी सहित ६ जनामाथि नलिन्चोक हेलिपोर्ट निर्माणमा गरिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको छ। अधिकारी र भण्डारीलाई आयोगले पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ भने अन्य चार जना फरार छन्।

World link net

आयोगले दायर गरेको अभियोगपत्रअनुसार हेलिपोर्ट निर्माणमा अनिवार्य प्रक्रिया छलेर, सम्भाव्यता अध्ययन नगरी, अनुभवविहीन परामर्शदाता छनोट गरी, बजेट विनियोजन तथा कानुनी स्वीकृति बिना नै खरिद प्रक्रिया अघि बढाइएको छ। यसरी रु १३ करोड ५७ लाखभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको दाबी छ।

नलिन्चोकमा बनेको हेलिपोर्ट सुरक्षाका दृष्टिले अत्यन्त जोखिमपूर्ण, प्राविधिक रूपमा अपूरो र व्यावसायिक उडान सञ्चालनका लागि अनुपयुक्त रहेको विभिन्न विज्ञ, पाइलट, प्राधिकरणका अधिकारी तथा अध्ययन प्रतिवेदनहरूले पनि निष्कर्ष निकालेका छन्।

सिटीजन फनिच्रर