newa srijana

स्याङ्जामा १३ वर्षपछि जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा । १३ वर्षदेखि प्रहरी अनुसन्धान र अदालतको फैसलाबाट फरार रहँदै आएका जवरजस्ती करणी मुद्दाका अभियुक्त स्याङ्जामा पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले उनलाई निजको वतनमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

मिति २०६९ साल भदौ २७ गते पुतलीबजार–१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि गरिएको जवरजस्ती करणी घटनामा संलग्न भुजेलविरुद्ध स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेको थियो। सजाय तोकिएपछि उनी नेपालबाट फरार भई विदेशमा समेत लुक्दै आएका थिए। प्रहरीका अनुसार लामो समयदेखि फरार अभियुक्तको खोजतलास निरन्तर चलिआए पनि पछिल्ला दिनमा प्राप्त सूचनाका आधारमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।

सिटीजन फनिच्रर

उक्त टोलीले भुजेललाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उक्त फैसलाअनुसार उनलाई जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरी निरीक्षक सागर कार्कीले बताए।

Mountain run pokhara click

प्रहरीका अनुसार १३ वर्षअघि भएको घटनामा न्यायिक प्रक्रिया अघि बढ्न नसकेको कारण फरार अभियुक्त पक्राउ परेसँगै पीडित पक्षलाई न्यायप्राप्तिमा महत्वपूर्ण प्रगति भएको छ। प्रहरीका अनुसार फरार रहँदै आएका अन्य अभियुक्तहरूको पनि खोजी तीव्र पारिएको छ।

Rabin photo