सुचना१
newa srijana

पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा २७औं सडक महोत्सव हुने

सडकमै खाऔँ, सडकमै रमाऔँ’ नारासहित आगामी १३ पुस देखि १७ पुससम्म फेवाताल किनारमा कार्यक्रम आयोजना गरिने

पोखरा । पर्यटनको राजधानी पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइड क्षेत्रमा सडक महोत्सव आयोजना हुँदैछ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारको करिब तीन किलोमिटर  क्षेत्रमा महोत्सवको २७ औं संस्करण सञ्चालन गर्ने तयारी पूरा गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक वसन्त गौतमले यस वर्षका विशेष कार्यक्रमबारे जानकारी दिनुभयो। महोत्सवमा लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा, परम्परागत नृत्य, स्वदेशी तथा विदेशी परिकार, लाइभ कन्सर्ट, लोक दोहोरी, साहसिक खेलकुद र पर्यटक लक्षित गतिविधिहरू समावेश हुने बताए।

विशेष खेल प्रतियोगितामा वेटर रेस, टफ वार, फेवातालमा डुंगा दौड लगायत अन्य आकर्षक कार्यक्रम रहने छन्। यसबाहेक, पोखराको पर्यटन र अन्तरक्रिया कार्यक्रम, वृत्तचित्र प्रदर्शन, फोटो प्रदर्शनी, मध्यम्य र स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि उत्पादन र वनस्पति प्रदर्शनी पनि महोत्सवको हिस्सा हुनेछ।

औद्योगिक व्यापार मेला

महोत्सवको उद्देश्य खाना, संस्कृति र संगीतको प्रवर्द्धन, स्थानीय उत्पादनको बजार विस्तार, व्यापार वृद्धि र शहरको ब्राण्डिङमा योगदान गर्नु रहेको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताए।

महोत्सवको मुख्य आकर्षण आतसबाजीको विषयमा निवर्तमान अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए। उनले भने कि यसले महोत्सवको रौनकता बढाउँछ र आम सर्वसाधारण तथा पर्यटकको चासो बढाउँछ तर कानूनले यसलाई निषेध गरेको हुँदा प्रशासनको सहकार्य भएमा मात्र यस वर्ष आतसबाजी आयोजना हुने सम्भावना छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सव केवल रेवानको नभई सबैको साझा उत्सव भएको बताए। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खानेकुरामा गुणस्तर कायम राख्न र मूल्य आकासिन नदिन निगरानी राख्न सुझाव दिएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारहरूको सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। आयोजकहरूका अनुसार महोत्सवले पोखरामा सांस्कृतिक उत्साह बढाउने र शहरलाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

Sadak 1
पुल सेन्टर