पोखरा । नेपाली समाज टेक्सासमा आगामी २०२६÷२७ का लागि नेतृत्व चयनको चर्चा सुरु भएसंगै धेरै सघर्षबाट उदाएकी एउटा नाम झनै आकर्षणको केन्द्र बनेको छ । बहुआयामिक व्यक्तित्वका धनि, दीर्घ अनुभव, निरन्तर समाजसेवा, दृढ प्रतिबद्धता र संवेदनशील नेतृत्वदायि क्षमताका कारण महिला उपाध्यक्ष पदकी उम्मेदवारका रूपमा प्रस्तुतः गर्नु भएको छ शान्त गिरीले ।
सक्षम नेतृत्व र समावेसी तथा एकताबद्ध समाज निर्माणमा उमेदवार प्रस्तुतः गर्नु भएको गिरी बागलुङमा जन्मेर पोखरामा लामो समय सघर्ष गर्दै हाल अमेरीकामा विगत ८ बर्ष देखि आफ्नो यात्रामा अघि बढ्नु भएको छ । हुने विरुवाको चिल्लो पात भने झै गिरी सानै उमेर देखि निडर स्वभावकी समाजमा हुने विकृति विसङगती बिरुद्ध आवाज उठाउदै विभिन्न सामाजिक तथा स्वास्थ्यको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।
नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य क्षेत्र तथा सहकारी आन्दोलनमा सक्रिय रहँदै उहाँले आफ्नो क्षमताको परिचय मात्र गराउनु भएन्, अनेकौँ संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पनि दिदै आउनु भएको छ । यही समर्पण र निरन्तरताको कारण उहाँ आज प्रवासमा पुगेपछि पनि समुदायको केन्द्रमा उभिन सक्षम हुनु भएको छ ।
नेपाली समाज टेक्सासमा उनी २०२२÷२३ मा कार्यकारी सदस्य र २०२४÷२५ मा महिला संयोजकका रूपमा अत्यन्तै सक्रिय भई आफ्नो जिम्मेवारी वहन गर्नु भएको उहाँले त्यो कार्यकालमा महिला सहभागिता, समुदायिक कार्यक्रम, आपतकालीन सहयोग तथा समन्वयका कामहरूलाई प्रभावकारी बनाउन सफल भइन् । पारदर्शी तरिकाले काम गर्ने, सबैलाई समेट्ने र समावेशी नेतृत्व दिने शैलीले उहाँकोे भूमिकालाई अझै चर्चित बनायो। यही विश्वास र लोकप्रियताका कारण अहिले २०२६÷२७ का लागि उहाँको महिला उपाध्यक्षको उमेदवारको रुपमा प्रस्तुतः गर्नु भएको हो ।
उहाँको संलग्नता नेपालमै रहँदा धेरै व्यापक थियो। बागलुङ समाज सहकारीकी अध्यक्षका रूपमा सहकारी प्रवद्र्धन र समुदायिक आर्थिक सशक्तीकरणमा उल्लेखनीय काम गर्नु भएको गिरी क्यान्सर रिलिफ सोसाइटीकी सचिव हुँदा उहाँले क्यान्सर प्रभावित परिवारहरूको मनोवैज्ञानिक र सामाजिक सहयोगमा सक्रियता भूमिका खेल्नुका साथै यसबाट सुरक्षित रहन गरिने बिभिन्न तालिम, गोष्टी र सेमिनारहरूको ब्यापक आयोजना र सहभागिता रहेको थियो त्यस्तै, अन्तर समाज महासंघ, दशनामी समाज नेपाल तथा नेपाल माहुरी पालन महासंघमा केन्द्रिय सदस्यको रूपमा उहाँ लगातार संस्थागत विकास, नीति निर्माण र स्थानीय स्तरका क्रियाकलापमा अग्रसर रहनु भएको थियो । धेरै सङ्घ–संस्थामा फरक–फरक भूमिकामा रहेर काम गरेको अनुभव संहाल्नु भएको गिरी सशक्त, अनुशासित र परिणाममुखी नेतृत्व गर्न चाहानु भएको छ ।

व्यावसायिक जीवनमा पनि उहाँ उत्तिकै सफल हुनुहुन्छ । हेलन केयर नेपाल, लुथरन विश्व सेवा, पपुलेशन सर्भिस नेपालदेखि सेती अञ्चल अस्पताल, बुद्ध हस्पिटल र मणिपाल शिक्षण अस्पतालसम्मको काम गरेको अनुभव उहाँमा छ । केवल कागजी ज्ञान होइन, वास्तविक सेवा र स्वास्थ्य प्रणालीको क्षेत्रमा गहिरो अनुभव लिनु भएको गिरी स्वास्थ्य, महिला अधिकार, मानवअधिकारदेखि लिएर समुदायिक सशक्तिकरणसम्मका विषयमा प्राप्त दर्जनौँ तालिमहरूले उनको सीप र दक्षतामा थप मजबुती बनाइदिएको छ ।
यति मात्र होइन, उहाँ उद्यमशीलतामा पनि उत्तिकै अग्रणी हुनुहुन्छ । पोखरामा सञ्चालनमा रहेको बि एण्ड बि क्लिनिक, हिमालयन मौरी खर्क र लघु आवास परियोजनामा प्रबन्ध सञ्चालिकाका रूपमा काम गर्दै उहाँले श्रम, लगन र व्यवस्थापन कौशलका माध्यमबाट सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनु भएको छ ।
यति धेरै अनुभव, सेवा र नेतृत्व यात्राबाट सुदृढ हुनु भएको गिरी अहिले नेपाली समाज टेक्सासको महिला उपाध्यक्ष बन्नका लागि अघि बढ्न् भएको हो । उहाँको लागि यो केवल पद प्राप्तिको चाहना नभई, समुदायलाई अझ संगठित, सक्षम, सुरक्षित र समावेशी बनाउने लक्ष्यसँग जोडिएको प्रतिबद्धता हो।
समुदायप्रति समर्पितता, संस्थाप्रति उत्तरदायित्व र स्वास्थ्य–सामाजिक क्षेत्रमा दशकौँको यात्राले उहाँलाई केवल योग्य उमेदवार मात्र बनाएको छैन, एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित पनि गरेको छ । आगामी कार्यकालमा महिलाको सशक्त भूमिका, समुदायिक समन्वय र एकतामै बलियो समाज निर्माण गर्न उहाँको थप प्रभावकारी कार्ययोजना लिएर अघि बढ्ने दृढता व्यक्त गर्नुहुन्छ ।
नेपाली समाज टेक्सासमा नयाँ नेतृत्वको तयारी हुँदै गर्दा उहाँको उम्मेदवारी समुदायका थुप्रै सदस्यहरूले आशा, भरोसा र सकारात्मक ढंगले हेर्नु भएको छ ।





