newa srijana

तेस्रो भेडीखर्क कप सम्पन्न, नानु फुटबल क्लब च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका–२२ भेडीखर्कमा आयोजना गरिएको तेस्रो भेडीखर्क कप नकआउट फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। पोखरा भ्यु पोइन्ट क्लबको आयोजनामा भएको फाइनल खेलमा नानु फुटबल क्लबले गेम हाउसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

तेस्रो भेडीखर्क कपमा १६ टिमको सहभागीता रहेको थियो ।प्रतियोगितामा विजेता बनेको नानु फुटबल क्लबले नगद रु. ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गेम हाउसले रु. २७ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

बिजयी टिम लाई सम्मान गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले स्थानीय खेलाडीको विकास, खेलकुदले दिने स्वास्थ्य लाभ तथा समुदायमा खेलले समाजमा एकता को सन्देश दिने बताए।

Mountain run pokhara click

सिटीजन फनिच्रर

भेडीखर्क कप स्थानीय युवाको ऊर्जा, प्रतिभा र खेलप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको बताउँदै क्लब अध्यक्ष विश्वराज बास्तोलाले यस वर्ष पनि वडावासीको उत्साहजनक उपस्थिति रहेको बताए। उनले खेलकुदमार्फत युवालाई अनुशासनमा राख्ने, कुलतबाट जोगाउने र समुदायमा एकता बढाउने क्लबको उद्देश्य पुनः दोहोर्‍याए। आगामी वर्ष चौथो भेडीखर्क कपलाई अझ व्यवस्थित, भव्य र उत्साहजनक रूपमा आयोजना गर्ने तयारी सुरु भइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले खेलाडी उत्पादनमा स्थानीय स्तरमा भएका यस्ता खाले खेलले सहयोग पुग्ने बिश्वास व्यक्त गरे । समापन समारोहमा भेडीखर्क तथा आसपासका गाउँका स्थानीय बासिन्दा, सहयोगदाता, खेलप्रेमी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगिताको सञ्चालन क्लबका सदस्य रुपक बास्तोलाले गर्नुभएको थियो।

Rabin photo