सुचना१
newa srijana

एन प्याब्सन कास्की क्रिकेट: लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिता जारी रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा आइतबार ५ खेल सम्पन्न भएको छ ।

आइतबार भएको पहिलो खेलमा लाविन रेसिडेन्सियल स्कुलले अक्सफोर्ड स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लाविनले १० ओभरमा ७ विकेटको क्षतीमा १ सय १ रन बनाएको थियो । विशला लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको अक्सफोर्डले १० ओभरमा अल आउट हुदै ४० रन बनाएको थियो ।

दोस्रो खेलमा बागमारा एकेडेमिक गार्डेनले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई २२ रनले पराजित गरेको छ । ८ ओभरको गेम खेलाइएको उक्त प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेर न्यू लेखनाथले बागमारालाई ब्याटिङको निम्ता दिएको थियो । बागमाराले ८ ओभरमा २ विकेटको क्षतीमा ५९ रन बनाउदा जवाफी ब्याटिङमा न्यू लेखनाथले ८ ओभरमा ७ विकेटको क्षतीमा ३७ रन बनाएको थियो ।

तेस्रो खेलमा नेसनल व्रिmयसन एकेडेमीले फेवा बोर्डिङ स्कुललाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको फेवाले ७.५ ओभरमा सवै विकेट गुमाइ २० रन बनाउदा सामान्य लक्ष्य पाएको नेसनल क्रियसनले जवाफी ब्याटिङमा ३.४ ओभरमा २ विकेटको क्षतीमा २४ रन बनाएको थियो ।

प्रतियोगिताको चौथो खेलमा कास्की मोडर्नाइज्ड एकेडेमी ले सिद्धार्थ लबडेल बोर्डिङ स्कुललाई ५२ रनले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको सिद्धार्थले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । कास्कीले १० ओभरमा ४ विकेटको क्षतीमा ८२ रन बनाउदा सिद्धार्थ लबडेल ८ ओभरमा ३० रन बनाएर अल आउट भयो ।

अन्तिम खेलमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.ले चिल्ड्रेन्स एकेडेमीलाई १० विकेटले पराजित गरको छ । ज्ञानज्योतिले टस जितेर ब्याटिङको निम्ता दिएपछि ब्याटिङमा उत्रिएको चिल्ड्रेन्सले ६.३ ओभरमा सवै विकेट गुमाई १६ रन बनाउदा जवाफी ब्याटिङमा उत्रिएको ज्ञानज्योतिले १.४ ओभरमा १७ रन बनाएको थियो ।

औद्योगिक व्यापार मेला

आइतबार पहिलो गेम विहान ८ बजे हेम्जा बोर्डिङ स्कुल त्रिवेणी पब्लिक मावि बीच हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए । यस वर्ष एन प्याब्सन कास्कीले दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।

बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।

अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

Sadak 1
पुल सेन्टर