सुचना१
newa srijana

२४ औं स्थापना दिवसमा १९ युनिट रगत संकलन

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमममा १९ जनाले रक्तदान गरेको छन् ।

रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गर्नुुभएको थियो ।

कार्यक्रमममा प्रमख अतिथि खड्काले रक्तदानको आँर्फैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताउनुुभयो ।

औद्योगिक व्यापार मेला

शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुुभयो ।

कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गर्नुुभएको थियो ।

शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गर्नुुभएको थियो ।

कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुुभएको थियो ।

 

Sadak 1
पुल सेन्टर