newa srijana

अन्नपूर्ण गाउँपालिकामा भुजेल–घर्ती समाज गठन, अध्यक्षमा भूपाल घर्ती निर्वाचित

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा भुजेल र घर्ती समुदायको पहिलो भेला सम्पन्न भएको छ।

समुदायको एकता, अधिकार र समृद्धिका लागि आयोजित भेलाले भुजेल–घर्ती समाज, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भूपाल घर्तीलाई सर्वसम्मत चयन गरेकाे छ । भेलाले निर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा दिलबहादुर घर्ती, सचिवमा कृष्ण भुजेल र कोषाध्यक्षमा मनरूपा घर्ती चयन भएका छन्।

भेलाकाे उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले भुजेल समुदायबाटै कार्यपालिका सदस्य बनाएर पालिकाले सकारात्मक सन्देश दिएको बताए। उनले भने भुजेल–घर्ती समुदायको विकास र समृद्धिमा गाउँपालिका सधैं साथमा रहनेछ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष घर्तीले सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित गर्न सहयोग गर्ने भुजेल समाज जिल्ला समिति र स्थानीय सरकारप्रति आभार व्यक्त गरेका छन्। उनले भने भुजेल–घर्ती समुदायको भाषा, धर्म, संस्कारको संरक्षण गर्दै क्षमता विकास र हकहितका लागि सधैं अघि बढ्नेछु। हामी एकताबद्ध भएर गाउँपालिकालाई समृद्ध बनाउनेछौं।

भुजेल समाज सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष प्रेम बि. भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा अन्नपूर्ण–७ का वडाध्यक्ष तथा प्रवक्ता भरतमान गुरुङ, वडान–२ का वडाध्यक्ष पिताम्बार भण्डारी, भुजेल समाज केन्दियाका उपाध्यक्ष कुल बि. भुजेल, भुजेल सेवा समाज कास्कीका अध्यक्ष नरबहादुर भुजेल, भुजेल जिल्ला समिति कास्कीका उपाध्यक्ष समुन्द्र घर्ती, सचिव सुरजप्रकाश भुजेल लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य भुजेल जिल्ला समिति कास्कीका उपाध्यक्ष समुन्द्र घर्तीले प्रस्तुत गरेका थिए। समाजले अब छिट्टै छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम र क्षमता विकास तालिमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। सहभागीहरूले नयाँ नेतृत्वले समावेशी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Rabin photo