सुचना१
newa srijana

अन्नपूर्णका वडाध्यक्ष गुरुङ एमाले केन्द्रीय सदस्यको दौडमा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष एवं पालिका प्रवक्ता भरतमान गुरुङ नेकपा (एमाले) को आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन्।

एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका गुरुङ कास्की क्षेत्र न:३ बाट युवा क्लाष्टर तर्फबाट सर्वसम्मत रूपमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

विद्यार्थी राजनीतिदेखि वडाध्यक्षसम्म

वि.सं. २०५९ मा कक्षा ७ मै अनेरास्ववियुमा प्रवेश गरेका गुरुङले २०६३ मा राष्ट्रिय उच्च मावि पोखराको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि उनले कास्की जिल्ला, क्षेत्रीय र अञ्चल हुँदै २०७६ मा अनेरास्ववियुको सचिवालय सदस्य र २०७८ मा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्जसम्मको जिम्मेवारी पाएका थिए।

औद्योगिक व्यापार मेला

पार्टीको मूल संरचनामा पनि उनी २०६९ देखि नै सक्रिय छन्। २०७८ देखि एमाले कास्की जिल्ला कमिटी सदस्य रहेका गुरुङ २०८० देखि गण्डकी प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका इन्चार्जको भूमिकामा छन्।

स्थानीय तहमा पनि सक्रिय

२०७४ देखि २०७७ सम्म तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको स्वकीय सचिव भएर काम गरेका गुरुङ २०७९ को स्थानीय तह निर्वाचनमा अन्नपूर्ण–७ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। अहिले उनी गाउँपालिकाको प्रवक्तासमेत हुन्।
विद्यार्थी संगठनदेखि वडाध्यक्षसम्म आइपुग्दा मैले हरेक तहमा काम गर्ने अवसर पाएँ , गुरुङले भने अब पार्टीको केन्द्रीय तहमा पुगेर गण्डकी र समग्र देशको विकासमा थप योगदान दिने चाहना छ।

युवा पुस्ताको प्रतिनिधित्व

एमाले कास्की र गण्डकीका नेताहरूका अनुसार भरतमान गुरुङ युवा पुस्ताका सन्तुलित र मेहनती नेताको रूपमा चिनिन्छन्।
विकास निर्माण, सामाजिक कार्य र युवा–खेलकुद क्षेत्रमा उनको योगदान स्थानीयस्तरमा चर्चित रहेको पार्टी स्रोतले जनाएको छ।
काठमाडौंमा  हुने महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि गुरुङको दाबी कत्तिको बलियो हुन्छ भन्ने भने महाधिवेशनले नै निर्धारण गर्नेछ।

Rupa 1
Rupa