पोखरा। ‘पोखरा विन्टर फेष्ट’ विन्टर फेष्टमा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् ।

पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा शनिबार साझ ८ बजेबाट सुरु हुने फेस्टका लागि राठोड पोखरा आइपुगेका हुन् ।
प्रचार नेपाल, अर्बिट्रेरि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा हुने फेष्टमा राठोडसहितका कलाकारले प्रस्तुति दिनेछन् । राठोडका गुलाबी सारी, सन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् ।
फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ ।





