सुचना१
newa srijana

हिमालय क्रिकेट एकेडेमी कपमा नविन मावि र डायमण्ड मावि विजयी

पोखरा । पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न खेलमा नविन मावि र डायमण्ड मावि बिजयी भएका छन । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी उक्त प्रतियोगिताको तेश्रो दिन सम्पन्न खेलमा नविन मावि र डायमण्ड मावि बिजयी भएका हुन ।

शनिवार सम्पन्न पहिलो खेलमा हार्वड एकेडेमीले टस जितेर नविन माविलाइ ब्याटिङको निम्तो दियो । उक्त खेलमा नविन माविले १६.२ ओभरमा १० विकेटको नोक्सानीमा १सय ५ रन बनाउन सफल भयो । नविनका ब्याट्स म्यान निरन्जन ठाकुरले १६ बलमा २६ रन बनाए । त्यस्तै ऋषि प्रजापतिले २५ बलमा २६ रन नट आउट बनाएका थिए । त्यसैगरी हार्वड एकेडेमीका बलर सम्पी भण्डारीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिन सफल भए । त्यसैगरी डेनिश शाहीले १.२ ओभरमा १ रन दिदै २ विकेट लिन सफल भए ।

औद्योगिक व्यापार मेला

त्यसैगरी जवाफी ब्याटिङमा उत्रेको हार्वड एकेडेमीले १६.४ ओभरमा १० विकेटको नोक्सानीमा ४६ रन बनाउन सफल भए । नविन माविका बलर श्रीराम प्रजापतिले ३ ओभरमा ११ रन लिदै ३ विकेट लिन सफल भएभने सौरभ सिद्धिकीले ३.४ ओभरमा ४ रन दिदै ४ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफदी म्याच नविन माबिका सौरभ सिद्धिकी घोषित भए ।

डायमण्ड सेकेण्डरी स्कुल र त्रिवेणी विचको दोश्रो खेलमा त्रिवेणीले टस जितेर डायमण्डलाई ब्याटिङको निम्तो दियो । डायमण्डले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय ८४ रन बनाउन सफल भयो । जसमा ससांक तिवारीले ५० बलमा ६६ रन, अविरल पोख्रेल क्षेत्रीले २६ वलमा ४३ रन त्यसैगरी त्रिवेणीका बलर अरुण नियोरले ४ ओभर ३८ रन दिदै २ विकेट लिन सफल भए । वकिल पुनले ४ ओभरमा ३६ रन दिदै २ विकेट लिन सफल भए । त्यसैगरी जवाफी ब्याटिङमा उत्रेको त्रिवेणीले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १३० रन बनाउन सफल भयो । जसमा विद्यान कुँवर ३१ बल खेल्दै २६ रन, अरुण परियार १३ बल खेल्दै १८ रन नट आउट रहन सफल भए । यसैगरी डायमण्डका बलर शुसांक तिवारी ४ ओभरमा १३ रन दिदै ३ विकेट लिन सफल भएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच डायमण्डका शुसांक तिवारी घोषित भए।

भोलिको खेल पहिलो खेल हिमालय सेकेण्डरी स्कुल र रत्नज्योती र दोश्रो खेल जनप्रकाश मावि र रेभेल रेसिडेन्स सेकेण्डरी स्कुल बीच हुनेछ ।

पुल सेन्टर
Sadak 1