newa srijana

भण्डारढिक रङ्गशालामा नेसनल प्याब्सन कास्की शाखाको खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९ मा रहेको भण्डारढिक रङ्गशालामा खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

२ दिवसीय रुपमा सम्पन्न भएको उक्त खेलकुद प्रतियोगिताको समापन समारोहमा बोल्दै नेसनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले देशको विषम परिस्थितिमा नेसनल प्याव्सनको कास्की शाखाले खेलकुद आयोजना गरेकामा खुशी व्यक्त गर्दै खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा शारीरिक तन्दुरुस्ती ल्याउने अपेक्षा गरे ।

खेलकुद प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको जुनियर र सिनियर गरी २ छुट्टाछुट्टै समूहमा खेलहरु खेलाइएका थिए । जुनियर फुटबलतर्फ लिटल फ्लावर प्रथम, पिनाकल एकेडेमी द्धितीय तथा सिद्धिविनायक र मर्निङ्ग ग्लोरी तृतीय भए ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

यसै गरी सिनियर फुटबलतर्फको उपाधि मर्निङ्ग ग्लोरी एकेडेमीले हात पारेको छ । फाइनल खेलमा लिटल फ्लावरलाई १–० ले पराजित गर्दै मर्निङ्ग ग्लोरीले उपाधि जितेको हो । सिनियर फुटबलमा लिटल फ्लावर द्धितीय तथा पिनाकल एकेडेमी र एकता सेकेण्डरी तृतीय भए ।

जुनियर खो खोतर्फ एकता सेकेण्डरी प्रथम, सिद्धिविनायक द्धितीय तथा मर्निङ्ग ग्लोरी र पिनाकल एकेडेमी तृतीय भए । यसै गरी सिनियर खो खोतर्फ एकता सेकेण्डरी प्रथम, सिद्धिविनायक द्धितीय तथा मर्निङ्ग ग्लोरी र लिटल फ्लावरले तृतीय स्थान हासिल गरे ।

समापन समारोहमा केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई,महासचिव प्रकाश बहादुर थापा, केन्द्रीय सचिव सन्तबहाद।र तामाङ्ग, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, गण्डकी प्रदेश सचिव सिकन्दर गुरुङ्ग लगायतले बधाई तथा शुभकामना दिंदै विजयी विद्यार्थी तथा विद्यालयलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विकल पौडेलले तथा सञ्चालन सचिव प्रतिभा के.सी ले गरेकी थिइन् ।

Rabin photo