सुचना१
newa srijana

जनप्रकाश मावि हिमालय क्रिकेट एकेडेमी कपको सेमिफाइनलमा प्रवेश

पोखरा । जनप्रकाश मावि पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा लेभिनलाई ८ विकेटले पराजित गर्दै जनप्रकाश प्रतियोगिताको सेमि फाइनलमा प्रवश गरेको हो । आइतबार सम्पन्न हिमालयन बोर्डिङ स्कुल र रत्नज्योति सेकेण्डरी स्कुल बिचको पहिलो खेलमा रत्नज्योतिले टस जितेर फिल्डिङ लिदै हिमालयन सेकेण्डरी बोर्डिङ स्कुलले १८.३ ओभरमा १० विकेटको नोक्सानीमा १०६ रन बनाउन सफल भयो । जसमा शिवम श्रेष्ठले २२ बल खेल्दै १२ रन, सन्दिप नेपालीले १२ बल खेल्दै १५ रन र अमित केसीले २९ बल खेल्दै १२ रन नट आउट रहन सफल भए । रत्नज्योतिका बलर प्रमिश गुरुङले ४ ओभरमा १६ रन दिदै ५ विकेट लिन सफल भए । त्यस्तै जवाफी ब्याटिङमा उत्रेको रत्नज्योतिले १४.४ ओभरमा १० विकेटको नोक्सानीमा ८१ रन बनाउन सफल भए ।

औद्योगिक व्यापार मेला

रत्नज्योतिका ब्याटर सुजल शाहले २८ बल खेल्दै २० रन बनाउन सफल भए । कृतन श्रेष्ठले २६ बल खेल्दै ११ रन बनाउन सफल भए । हिमालयनका बलर शिवम श्रेष्ठले ४ ओभरमा १९ रन दिदै ३ विकेट लिएभने आयुष पनेरुले २.४ ओभरमा १ मेडेन राख्दै ६ रन दिएर ३ विकेट लिन सफल भए । हिमालयनले २५ रनले उक्त म्याच जित्न सफल भयो । खेलको प्लेयर अफ दी म्याच रत्नज्योतिका प्रमेश गुरुङ घोषित भए ।

जनप्रकाश र लेभिन बिचको दोश्रो खेलमा जनप्रकाशले टस जितेर लेभिन रेसिडेन्टल सेकेण्डरीलाई ब्याटिङको निम्तो दिए । जसमा १८.२ ओभरमा १० विकेटको नोक्सानीमा ५८ रन बनाउन सफल भए । जसमा सुकृत रानाभाटले १२ बलमा ९ रन बनाएभने प्रज्वल गुरुङले १० बलमा ८ रन बनाउन सफल भए । त्यसैगरी बलिङमा जनप्रकाशका बलर हिमाल आचार्य ४ ओभरमा ११ रन दिएर २ विकेट लिन सफल भए । त्यसैगरी संसार दर्जीले ४ ओभरमा ९ रन दिदै २ विकेट लिन सफल भए । त्यसैगरी जवाफी ब्याटिङमा उत्रेको जनप्रकाश माविले ५.१ ओभरमा २ विकेटको नोक्सानीमा ५९ रन बनाउन सफल भए । जनप्रकाशका अभिषेक कुमाल २१ बलमा ३५ रन र संसार दर्जीले ७ बलमा १३ रन नट आउट रहन सफल भए । त्यसैगरी लेभिनका बलर आरभ मानन्धरले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिन सफल भए । जनप्रकाशले उक्त खेल ८ विकेटले जित्न सफल भयो । उक्त खेलको म्यान अफ दी म्याच जनप्रकाका संसार दर्जी घोषित भए ।

प्रतियोगितामा भोलि पहिलो खेल प्रतिभा सेकेण्डरी स्कुल र नविन सेकेण्डरी स्कुल र दोश्रो खेल हिमालयन सेकेण्डरी र कुमुदिनी होम्स बिच हुनेछ ।

 

पुल सेन्टर
Sadak 1