सुचना१
newa srijana

अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा न्यू मिलेनियमकी समृद्धा जंग गोदार प्रथम

पोखरा । अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलकी समृद्धा जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० की गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो ।

त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्त रूपमा शान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो।

औद्योगिक व्यापार मेला

बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहनु भएको थियो । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो ।

प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताउनु भयो । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग रुपैया सहयोग गर्दै आएको छ ।

पुल सेन्टर
Sadak 1