पोखरा । मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भीरकोट नगरपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । आधारभूत र माध्यमिक विद्यालय तहका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै विद्यायय पोशाक वितरण गरिएको हो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत भीरकोट सामिप्य सदनको अगुवाईमा उक्त सामग्री वितरण गरेको हो । नगरपालिकाका ८ वटा विद्यालयका ४४ जना छात्र छात्रालाई शैक्षिक सामग्रीमा कापी, कमलसँगै ट्रकसुट सहित पोशाक वितरण गरिएको भीरकोट सामिप्य सदनका अध्यक्ष श्याम रेग्मीले जानकारी दिए ।
भीरकोट नगरपालिकाका दहथुम, भाग्योदय माध्यमिक विद्यालय, लक्ष्मी, सूर्यमुखी, बालवर्ष, पूर्ण दुर्गाभवानी आधारभूत र पब्लिक एकेडेमी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको छ । भीरकोट नगरपालिका वडा नं. २ र ७ का विद्यार्थीलाई दहथुम र वडा नं. ६ र ८ का विद्यार्थीलाई भाग्योदय माध्यमिक विद्यालयमा सामग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गर्दै मुक्तिनाथ विकास बैंकको क्षेत्रिय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले विपन्न तथा जेहेन्दार विद्यार्थी र सामाजिक रुपमा अप्ठ्यारोमा परेको वर्गलाई बैंकले सहयोग गर्दै आएको बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा भीरकोट नगरपालिकाका पूर्वनगर प्रमुख छायाँराम खनाल, सदनका अध्यक्ष श्याम रेग्मी, समाजसेवी लिलाप्रसाद पंगेनी, कृष्णप्रसाद अर्याल, टिकाराम अर्याल, पूर्वबैंकर्स डोलराज केसी लगाएतले मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा पछाडी परेको वर्गसँग हातेमालो गरेको बताए ।
मुक्तिनाथ विकास बैंकले विगतदेखि विद्यालय सहित सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सहयो पु¥याउँदै आएको छ । पछिल्लो समय स्थानीय सुरक्षा निकाय प्रहरीसँग सहकार्य गर्दै बैंकले सूचना प्रविधि र सचेतनामुलक कार्यक्रमलाई समेत सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिदै आएको छ ।





