newa srijana

वैदेशिक रोजगार ठगी गर्ने महिला २७ वर्षपछि पक्राउ

पोखरा । जिल्ला अदालत स्याङ्जाबाट २७ वर्षअघि वैदेशिक रोजगार ठगी मुद्दामा फैसला भएकी एक महिलालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पुतलीबजार नगरपालिका–९ बस्ने ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई पक्राउ गरेको हो । वि.सं. २०५५ साल जेठ २५ गते जिल्ला अदालतबाट वैदेशिक रोजगार ठगी मुद्दामा ९९ हजार १५० रुपैयाँ जरिवाना हुने फैसला भएकोमा उनले जरिवाना बुझाउन बाँकी राखेकी थिइन् ।

सिटीजन फनिच्रर

लामो समयदेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

Mountain run pokhara click

अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो । न्यायीक कारवाहीलाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि फरार कसूरदारहरूलाई पक्राउ गर्ने काम भइरहेको निरीक्षक नेपालीले बताए ।

Rabin photo