पोखरा । स्याङ्जामा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पुस २ गते पुतलीबजार नगरपालिका–४ अन्तर्गत खेतमा काम गरिरहेकी महिलामाथि मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरी फरार भएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ बस्ने २६ वर्षीय अजय परियारलाई पुस ३ गते फेदिखोला गाउँपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए। आरोपित लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए।
पक्राउ परेका परियारलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप स्वीकृत भइसकेको छ। हाल आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ।





