सुचना१
newa srijana

साहित्य शृङ्खला पोखराको २७९औँ शृङ्खला सम्पन्न

पोखरा ।  साहित्य शृङ्खला पोखराको नियमित रचना वाचन कार्यक्रम अन्तर्गत २७९औँ शृङ्खला गैह्रापाटन, पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोचना अधिकारीको स्वागत मन्तव्यसँगै कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा त्रीलोचन ढकालले आफ्नो निवास पर्वत फापरथुमस्थित आनन्द आश्रममा निमन्त्रणा गर्दै साहित्यिक यात्रामा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Pokhara महोत्सव

रचना वाचनतर्फ कवि एकदत्त लम्साल, सुवास अधिकारी, लक्ष्मीप्रसाद पौडेल, गायत्री पराजुली, गीता तिवारी, छबिलाल आचार्य, छवि सुवेदी, अद्भिका सुवेदी, ऋषिकेश बराल, स्ट्रगल राना तथा विध्याबिमल बरालले कविता वाचन गर्नुभयो। त्यस्तै लघुकथाकार धनबहादुर नेपाली, कल्याण पन्त, ढाकामोहन बराल र यादबचन्द्र भुर्तेलले लघुकथा सुनाउनुभएको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार रामराज रेग्मी, नारायण परिश्रमी तथा समाजसेवी गेहेन्द्रेश्वर कोइरालाले साहित्य र समाजका विषयमा महत्वपूर्ण विचार व्यक्त गर्नुभयो। वाचित रचनाहरूको समीक्षा परशुराम कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव विकास लुङ्गेलीले गर्नुभएको थियो।

पुल सेन्टर
वडा नं २६