सुचना१
newa srijana

फेवाताल संरक्षण पहलद्वारा बैदाम सामुदायिक सेवा केन्द्रलाई सहयोग

१ लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण

पोखरा । जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार हस्तान्तरण गरेको छ ।

समुदायमा हुँदै आएका बिकृत, विसंगती नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र भौतिक सामाग्रि जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्टभएपछि बैदामका आमा समूहहरु र विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोग गरेर भवन पुन निर्माण भएको थियो ।

यसै क्रममा बुधवार फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामाग्रि कुर्सी, टेवल, ल्यपटप लगायतका १ लाख बराबरका सामाग्री हस्तात्तरण गरेको फेवाताल संरक्षण पहलका अध्यक्ष धर्मराज पहारीले बताए । फेवाताल संरक्षण पहलका अष्टे«लिया र नेपालमा रहेका सदस्य तथा शुभचिन्तकहरुको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्रको कार्यालयलाई आश्यक सामाग्रि हस्तान्तरण गरेको हो ।

सडक महोत्सव

यस अघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि आर्थिक सहयोग गरेको पहलका अष्ट्रेलियाका संयोजक तथा संस्थापक शंकर कोइरालाले बताए । फेवाताल संरक्षण पहल फेवातालको संरक्षण गर्ने उद्देश्यले अष्ट्रेलियामा बस्ने पोखरेलीको पहलमा स्थापना भएको हो ।

पहलले फेवातालको सरसफाईमा विभिन्न कार्य गर्दै आएको छ । बेलायतबाट पनि सामुदायिक सेवा केन्द्रको कार्यालयकालागि चाहिने आवश्यक सामाग्रिक लागि सहयोग प्राप्त भएको फेवाताल संरक्षण पहल बेलायतका संयोजक जोनी पहारीले बताए ।

अप्ठ्यारो समयमा फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामाग्रि सहयोग गरेर समामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामलाई सामाजिक सेवामालाग्न थप प्रेणा मिलेको समामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए ।

कार्यालय पुन निर्माणमा सहयोग गर्ने बैदामका आमा समूहहरु, विभिन्न संघ संस्थाहरु, व्यक्तिगत रुपमा सहयोग गर्ने र पछिल्लो सायमा कायलयकालागि चाहिने सामान सहयोग गर्ने फेवाताल संरक्षण पहल लगायत सम्पूर्ण संघ,संस्थालाई बरालले धन्यवाद दिए । कार्यालयलाई आवश्यक सामाग्रि हस्तान्तरण कार्यक्रममा बैदाम महिला विकास समाजले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

पुल सेन्टर
वडा नं २६