सुचना१
newa srijana

नदिजन्य पदार्थ ओसारपसार गर्दै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

पोखरा । स्याङ्जा जिल्लामा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले एकवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा नदिजन्य पदार्थ बालुवा ओसारपसार गर्दै गरेको ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको हो ।

सडक महोत्सव

भीरकोट नगरपालिका वडा नं – ०४ छाङछाड्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा के.लु. ३ त. ४८९२ नम्बरको ट्याक्टरले अनुमति बिना नदिजन्य पदार्थ ओसारपसार गरेको पाइएपछि प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जनाएका छन् ।

प्रहरीका अनुसार नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारले वातावरणीय क्षति पुर्‍याउने, सडक संरचनामा असर पार्ने तथा सार्वजनिक जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ । कानून विपरीतका गतिविधिमा संलग्न जो-कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ ।

पुल सेन्टर
वडा नं २६