सुचना१
newa srijana

द कन्टेन्डर फाइट सिरिज ३ सुरु

मुख्य इभेन्ट भोलि

पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको थियो ।

मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका छन् ।

सडक महोत्सव

शनिबार २३ फाइट हुनेछन् । जसमा मुख्य इभेन्ट गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगर र भारतकी सरिता राठोर बिच हुनेछ । मुख्य इभेन्टको विजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यो बाहेक नकआउट गराएमा थप ३० हजार रुपैयाँ बोनस खेलाडीले प्राप्त गर्नेछ । यस्तै अन्य फाइटमा नकआउट गरेमा १० हजार रुपैयाँ वोनस खेलाडीले पाउनेछ ।

आफु फाइटलाई लिएर निकै खुसी रहेको सुस्मिताले बताएकी छन् । उनले यस अघि भारतमा समेत पुगेर फाइट खेलेको अनुभव भएकाले भोलिको मुख्य इभेन्ट निकै प्रतिस्पर्धात्मक हुने बताइन् । उनको प्रतिद्धन्द्धी सरिता राठोरले आफु पोखरामा फाइट खेल्न पाउँदा निकै खुसी भएको सुनाउँदै सुस्मिताको फाइट आफुले देखेको कारण टक्कर दिने बताइन।

यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने जानकारी दिए । मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको उनले बताए । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका छौं ।’ पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए । प्रतियोगिता भोलि १ बजेबाट बाराहिघाटस्थित खुल्ला चौरमा हुनेछ ।

पुल सेन्टर
वडा नं २६