सुचना१
newa srijana

लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई

पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई सम्मान गरिने भएको छ ।

लेखनाथ क्षेत्रमै रहेर कम्तिमा १० वर्ष समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकामा यस वर्ष खनाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल र स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल रहेको छनौट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनौट गरेको हो ।

सडक महोत्सव

तनहँु शुक्लागण्डकी २ मा जन्मिएर हाल पोखरा ३२ तल्लो गगनगौडामा बस्दै आएका खनाललेदुई दशकअघि आदर्श समाज राष्ट्रिय दैनिकबाट आफ्नो पत्रकारिता यात्रा थालनी गरेका थिए । खनालले त्यसयता करीव एक दशक सगरमाथा टेलिभिजनको संवाददाताको रुपमा काम गरिसकेका छन् । उनले कृषि, सामाजिक न्याय, सुशासन, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विधामा कलम चलाउँदै आएका छन् ।

लेखनाथ पत्रकार मञ्च कास्कीको पूर्व अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनी २०६० सालदेखि पत्रकारितामा निरन्तर सक्रिय रही लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै साततालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् ।

वि सं. २०७३ सालदेखि निरन्तर रुपमा ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेना,दीपक परियार र ऋषिकान्त पौडेलले प्राप्त गरिसकेका छन् ।

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

पुल सेन्टर
वडा नं २६