सुचना१
newa srijana

कविशिरोमणि जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम सुरु, काव्य परिचर्चा र कविता प्रतियोगिता सम्पन्न

पोखरा । कविशिरोमणि जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमहरु सहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका हुन् ।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए ।

प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले कवि लेखनाथका काव्य परिचर्चा गरेका थिए । कार्यक्रममा लेखनाथका काव्यमा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाल ,संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले लेखनाथका काव्यका चर्चा गरेका थिए।

सडक महोत्सव

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पौष १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ, पौष १५ गते अर्चलेमा मूल समारोह हुनेछ । कार्यक्रमको लेखनाथ उद्योग बाणिज्य संघ ,लेखनाथ पत्रकार मञ्च ,लेखनाथ लायन्स आमा समूहहरू, युवा क्लब, बेगनास ताल बस संचालक समिति सह–आयोजक रहेका छन् ।

विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्राई द्वितीय, लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बरालले तृतीय स्थान हाँसिल गरेका थिए।

यसैगरी राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय,श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए। गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए। ल्ोखनाथका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य समेत राखेका थिए ।

 

पुल सेन्टर
वडा नं २६