सुचना१
newa srijana

कामना विकास बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण

पोखरा । कामना विकास बैंक क्षेत्रिय कार्यालय पोखराले स्टेशनरी सामग्री र न्यानो कपडा वितरण गरेको छ । बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोषस्थित रामकोष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्रीसहित न्यानो कपडा वितरण गरेको हो ।

रामकोष माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्टेशनरी सामग्रीमा कपि, कमल र न्यानो कपडामा ट्रक सूट प्रदान गरिएको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयका झण्डै ६० विद्यार्थीलाई सामग्रीसहित न्यानो कपडा प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी पोखरेलले जनाकारी दिए ।

सडक महोत्सव

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्दै बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख शिवकुमार ढकालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर सामग्री वितरण गरिएको बताए । विपन्न परिवारका जेहेन्दार छात्रछात्रासँगै बैंकले उनीहरुको हितमा सधै सहकार्य गरेर अगाडी बढ्ने ढकालले बताए ।

त्यस अवसरमा कामना विकास बैंक क्षेत्रिय कार्यालय पोखराका उपप्रमुख राजु कार्कि, कर्जा जोखिम विभाग पोखराका प्रमुख दिनेश शर्माले बैंकहरुले आर्थिक कारोबार मात्रै नगरेर समुदायसँग हातेमालो गरेर समाजको समुचित विकासमा योगदान दिएको चर्चा गरेका थिए।

विद्यालयमा त्यस क्षेत्रका दलित, गरिब तथा विपन्न परिवारका करिब ६० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कामना विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय, समुदाय, सुरक्षा, प्रशासनिक निकाय र स्थानीय सरकारसँग साझेदारी गर्दै विभिन्न समयमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

पुल सेन्टर
वडा नं २६