पोखरा । टे«किङ एजेन्सीस्ज एशोसिएन अफ नेपाल (टान) गण्डकीको आयोजना, संयक्त राष्ट्र संघीय विकास कार्यक्रम समन्वय र नेपाल पर्यटन बोर्डको सहकार्यमा पदयात्रा क्षेत्रमा सक्रिय पथप्रर्दशक तथा सहयोगीहरुलाई २ दिने पुर्नताजगी तालिम प्रदान गरिएको छ । तालिममा ९२ जना पथप्रर्दशक तथा सहयोगीको सहभागीता रहेको थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी तालिम मार्फत पथप्रर्दश तथा सहयोगीहरुलाई सशक्त गर्दै आएकोमा धन्यवाद दिदै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सन्चालनमा ध्यान दिन सकेमा धेरै भन्दा धेरै भारतीय तथा बंगलादेशी पर्यटकहरु नेपाल भित्रयाउन सकिने बताए । उनले पर्यटक सुरक्षाको महत्व, टिम्सको कार्यान्वयनका लागि नेपाल पर्यटन बोर्डले सरकारलाई झकझकाई रहेको बताए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम गण्डकी र लुुम्बिनी प्रदेशका हेड अफ फिल्ड अफिसर सुुदिप अर्यालले दिगो पर्यटन परियोजना कार्यक्रम अन्र्तगत पदयात्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पथप्रर्दशक तथा सहयोगीहरुको प्रशंसा गरे । टान गण्डकीका सल्लाहकार जीवनराज सापकोटाले पदयात्रा पर्यटनमा पथप्रदर्शकले उल्लेखनिय भूमिका खेलेमा मात्र पर्यटक पुनः नेपाल आउने विश्वास व्यक्त गर्दै यस्ता तालिमहरुको महत्व औल्याए ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ष प्रसाद आचार्यले रोजगारीको अभावमा विदेशिनु पर्ने बाध्यता, पदयात्राका क्रममा गुणस्तरीय खानाको समस्या, जीवन बिमा तथा सामाजिक सुरक्षा लगायतका कुरालाई विशेष ध्यानाकर्षण गराए ।
कार्यक्रममा नवनियुक्त पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिमाया थापालाई स्वागत तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी, तालिम प्रशिक्षार्थीहरुको तर्फदेखि शालिकराम तिमिल्सिना र चित्रा त्रिपाठी र कार्यक्रमको सञ्चालन सचिव गोपालकृष्ण संग्रौलाले सन्चालन गरेका थिए ।





