पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित ताल बाराही माविको ६८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले शिक्षाको विकास विना केही पनि कल्पना गर्ने नसकिने बताए ।
समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष, सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको सुनाए ।
अध्यक्ष भट्टराईले सार्वजनिक शिक्षाको रूपान्तरण, वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानध्यापक तारा प्रसाद पोखरेल प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको अव्यवहारिक, प्रयोगात्मक प्रणाली बनाउने सङ्कल्प पूरा गर्न निरन्तर अगाडि बढनेमा जोड दिए । प्रधानाध्यापक पोखरेलले सिकाइमा प्रविधिको प्रयोग, निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाइ र मूल्याङ्कन तथा असुविधायुक्त भौतिक र शैक्षिक वातावरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयको मुख्य ध्येय रहेको स्पष्ट पारे ।

विस २०१४ सालमा स्थापित विद्यालयमा हाल सम्म ७ सय १२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा शिक्षक र कर्मचारी गरी ४७ जना कार्यरत रहेका र हालसम्म ४१ जना अक्षयकोष दाताहरुले ३९ लाख १५ हजार ५ सय ३८ रुपैयाँ अक्षयकोषमा जम्मा गरेको प्रअ पोखरेलले प्रतिवेदनमा उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज पहारीले कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट विषय पठनपाठन गरिरहेको भन्दै यो शैक्षिक क्षेत्रको विकासमा एकमै प्रशंसनीय भएको बताए । एसी परीक्षा लाई मध्यनजर गर्दै, कक्षा १० मा अध्ययन गर्ने छात्र र छात्रा का लागि २ वटा छात्रवास हाल निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताउँदै, उक्त निर्माण पूरा भएपछि शैक्षिक गुणस्तर र भौतिक सुविधाका दृष्टिले विद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष गोविन्दराज पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सहायक प्रधानाध्यापक द्रोणराज भुर्तेल गरेका थिए । सहायक प्रधानध्यापक यदुराज पोखरेल स्वागत गरेको कार्यक्रममा पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम पहारी, पोखरा महानगर पालिका शिक्षा महाशाखा अधिकृत राम प्रसाद तिवारी, बालहितकारी परियोजना नेपालका अध्यक्ष राम प्रसाद शर्मा , अबिभाबक शिक्षक संघ कार्यकारी समितिका अध्यक्ष मुक्तिराम पौडेल लगाएतका बक्ताहरुले आफ्ना भनाइ राखेको थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयको निर्वतिभरण शिक्षक टिकाराम आर्चायलाई विदाइ गर्नुको साथै योगदान पु¥याउने विद्यालयका शिक्षक र कर्मचारी का साथै विद्यालयका पूर्व संचालक समितिका अध्यक्ष तथा परिवार लगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्षभरीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी, खेलकुदका विभिन्न स्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र छात्राबृद्दि प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति दिएका थिए ।





