newa srijana

ल्होसार सवैको सामुहिक पर्व होः प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्होसार आम नेपालीको सामुहिक पर्व भएको बताएका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३० को शिसुवामा रहेको सुर्यमुखी तमु समाजले मंगलवार राखेको ल्होसार पर्वको उद्घाटन गर्दै यो पर्व विशेष गरि गुरुङ समुदायले मनाउदै आएपनि पछिल्लो समय सवै जात जाती र वर्गको सामुहिक पर्व भएको पुष्टी गरे ।

नेपाल विभिन्न जात जातीको सस्कृतीले विश्वमा चिनिएकाले हाम्रो मौलीक सस्कृतीलाई जोगाई राख्नका लागि यस खालका पर्वको महत्व वढ्दै गएकाले गण्डकी प्रदेश सरकारले आजको दिनलाई सार्वजानिक विदा दिएको उल्लेख गरे ।

Mountain run pokhara click

ल्होसारमा नयाँ वर्षलाई स्वागत र पुरानो वर्षलाई विदाई गरिने भएकाले विगतका दिनमा भएका कमी कमजोरीलाई सच्याउदै नयाँ जोस जागर र उत्साहका साथ अगाडी वढ्ने प्ररणा ल्होसारले दिने छ प्रमुख आचार्यको भनाई रहेको थियो ।

कार्यक्रममा ङयोए तमु धि लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै आफनो मौलीक संस्कतीलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको उल्लेख गरे ।

सिटीजन फनिच्रर

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले तमु ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिसुवा लालुपाते तमु समाजका अध्यक्ष क्याप्टने धन प्रसाद गुरुङले ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्दै आएको उल्लेख गरे ।

समाजका अध्यक्ष क्याप्टने धन प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजु गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन सचिव सुवेदार हनरी क्याप्टेन दुर्गा वहादुर गुरुङले र धन्यवाद ज्ञापन उपाध्यक्ष बुद्धि कुमारी गुरुङले गरेकी थिईन।

हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा चखाउने पर्वका रूपमा समेत मनाउने गरेको भनाई छ ।

तमु जातिले देशै भरि यो वर्षको ल्होसारलाई नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै आएका छन् ।

Rabin photo