newa srijana

आशिष दियाली र एलिना चौहानको स्वरमा नयाँ गीत ‘बिजुली’ सार्वजनिक

पोखरा । गायक आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘बिजुली’ सार्वजनिक भएको छ। आशिष दियाली प्रोडक्सनको यस गीतलाई स्वोपु क्रिएसन र नेत्र इन्टरटेनमेन्ट प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्।

आधुनिक–लोक मिश्रणमा तयार पारिएको गीतको शब्द र संगीत आशिष दियालीले नै तयार पारेका हुन्। संगीत संयोजनमा योगेश काजी शाहको योगदान रहेको छ। अफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको यो गीतले प्रेमको भावनालाई समेटेको छ।

म्युजिक भिडियोको समग्र व्यवस्थापन सबिन गायकले गरेका हुन्। कलाकार व्यवस्थापनदेखि छायांकन स्थल समन्वय र पोस्ट प्रोडक्सनसम्मको जिम्मेवारी उनले नै सम्हालेका छन्। प्राविधिक पक्षमा संयम र गुणस्तर कायम राख्दै काम अघि बढाइयो गायकले बताए।

Mountain run pokhara click
सिटीजन फनिच्रर

भिडियो हेर्न:

गीतको म्युजिक भिडियोमा बिना राउत र सरोज प्रजाले अभिनय गरेका छन्। छायांकन प्रकाश गुरुङ ‘काश’ ले गरेका हुन् भने निर्देशन, सम्पादन र भिजुअल डिजाइनको काम नेत्र गुरुङले सम्हालेका छन्। कथावस्तुमा आधारित भिडियोले गीतको भावलाई दृश्यमा प्रस्तुत गरेको छ।

नयाँ वर्षसँगै सार्वजनिक भएको ‘बिजुली’ हाल डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

Rabin photo