newa srijana

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो

पोखरा । भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिए पनि सवार सबै यात्रु सकुशल रहेका छन्।

World link net

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो। विमानमा ५१ जना यात्रु सवार थिए।

काठमाडौंबाट आएको जहाज बेलुका ९:०७ बजे चिप्लिएको थिय र विमानमा सामान्य क्षति भए पनि सबै यात्रुको उद्धार भइसकेको छ। विमान करिब दुई सय मिटर चिप्लिएर खोल्सीमा झरेको छ। केही यात्रु सामान्य घाइते भएका छन्।

सिटीजन फनिच्रर