newa srijana

स्याङ्जाकी १५ वर्षीया बालिकाको हत्या आरोपमा फरार प्रतिवादी पोखरामा पक्राउ

पोखरा । करिब दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राजेन्द्र प्रसाद तिवारीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ निवासी ४४ वर्षीय तिवारीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको संयुक्त टोलीले पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ गरेको हो।

सिटीजन फनिच्रर

पुतलीबजार नगरपालिका–१३ निवासी १५ वर्षीया बालिकाको मृत्यु भएको थियो उक्त घटनामा संलग्न रहेको आरोपमा तिवारीविरुद्ध ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता भएको थियो।

Mountain run pokhara click

घटनापछि फरार रहेका तिवारीलाई पोखरामा लुकिछिपी बसोबास गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनलाई स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।

करिब दुई वर्षदेखि फरार रहेका तिवारीको खोजीमा प्रहरी सक्रिय रहेको थियो। पक्राउपछि उनलाई प्रहरी हिरासतमा राखी घटनासँग जोडिएका थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Rabin photo