सुचना१
newa srijana

खाद्य स्वच्छताका लागि उपभोक्ता जिम्मेवार हुनुपर्नेमा जोड

पोखरा । मानिसको जिवनमा हरेक दिन प्रयोग हुने खाद्य पदार्थ स्वच्छ हुनका लागि स्वयम उपभोक्ता नै जिम्मेवार हुनु पर्ने शुक्रवार लेखनाथमा आयोजीत कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् ।

खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीको आयोजना पोखरा २६ को वुढिबजार बजार ब्यवस्थापन समितिको आयोजनामा भएको खाद्य दाना ऐन नियम मापदण्ड सम्वन्धि अन्तिरक्रिया कार्यक्रममा राज्यले तोके वमोजिमको खाद्य वस्तु उत्पादन देखि उपभोक्ताको मुखसम्म नपुग्दासम्म स्वच्छ र खान योग्य हुनु पर्ने सुझाव राखिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली बजारमा पाईने हरेक खाद्य वस्तुमा लेवलिङ सहित प्रयोग योग्य मिती उल्लेख गरि विक्री वितरणका राज्यको निकायले कडाई गर्नु पर्नेमा जोड दिएकी थिईन ।

Tiger cup

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले मानविय स्वास्थमा गम्भिर असर पु¥याउने वस्तुको उत्पादक देखि विक्रि वितरण गर्नेलाई करवाहीको दायरामा ल्याउन सक्ने हो भने मिसावट र अखाद्य वस्तुको उत्पादकहरु ठिक ठाउमा आउने सुझाव राखेका थिए ।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले खाद्य पदार्थको स्वच्छता तथा ऐन नियम र मापदण्डका बारेमा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत बिजन श्रेष्ठले खाद्य स्वच्छन्दता र गुण नियन्त्रणका बारेमा प्रशिक्षण दिएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत बिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बुढिबजार बजार ब्यवस्थापन समितिका सह सचिव किसान थापाले गरेका थिए भने स्वागत मन्तव्य सचिव सुमित्रा वञ्जरा र धन्यवाद ज्ञापन अध्यक्ष आनन्द वजगाईले गरेका थिए ।

Pokhara महोत्सव
वडा नं २६