सुचना१
newa srijana

१३ पल्ट पल्सर स्पोर्ट्स अवार्ड जित्ने गण्डकीका नायकहरू

पोखरा । पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ र यो हो, गण्डकीका खेलाडीले अहिलेसम्म कतिपल्ट यो कार्यक्रममा जित चुमेका छन् होला त ?

यो प्रश्नको एउटा भावनात्मक उत्तर के हो भने यो अवार्ड धेरै पल्ट जित्नेमा गण्डकीका खेलाडी पनि अगाडि छन् । गणितीय आधारमा यसको ठ्याक्कै उत्तर हो, १३ पल्ट । निश्चित छ, अबको दिनमा यो संख्या अझ बढ्नेछ ।

गण्डकीले नेपाली खेलकुदका लागि एकसेएक खेलाडी जन्माइरहेको स्थितिमा यो क्षेत्रले यति धेरै अवार्ड जित्नु स्वभाविक पनि हो । यही होडमा सबैभन्दा अगाडि आउने खेलाडीको नाम हो, भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारी । यस्तो किन भन्दा उनीहरूले दुई दुई पल्ट यो अवार्ड जितेका छन् । अरुणाले ती दुवै अवसरमा उनले भनेकी छिन्, ‘दुवै अवसरमा यो अवार्डले मलाई अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको छ ।’

अरुणाले सबैभन्दा पहिले ०७६ सालमा पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन् । त्यसपछि उनले ०७८ मा वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । यस्तै सावित्राले ०७५ मा वर्षकी उत्कृष्ट महिला खेलाडी बनिन् भने वर्ष ०७७ मा त झन दशककै उत्कृष्ट महिला खेलाडी रहिन् । त्यति बेला सावित्राले यो अवार्डको आयोजक संस्थालाई खुबै भावुक बनाएकी थिइन् । उनी भन्थिन्, ‘नेपाल खेलकुद पत्रकार मञ्च छ र मलाई राम्रो खेल्न प्रेरणा मिलिरहन्छ ।’

पिपुल्स च्वाइस अवार्ड त्यस्तो विधा हो, जहाँ एक प्रकारले गण्डकीका खेलाडीको बाहुल्यता छ भन्दा हुन्छ । यो क्रम सुरु गर्ने पहिलो खेलाडी हुन्, पोखराको आफ्नै मञ्जु गुरुङ । अझ ठ्याक्कै भन्दा भलिबलकी मञ्जु नै यो विधा सुरु भएयता यसलाई जित्ने पहिलो ऐतिहासिक खेलाडी हुन् र यो वर्ष थियो ०६६ । त्यसपछि वर्ष ०६८ मा भलिबलकै सिपोरा गुरुङले यो अवार्ड जितिन् । उसुकी झरना गुरुङले वर्ष ०६९ मा यो क्रमलाई अगाडि बढाइन् ।

Pokhara महोत्सव

त्यसपछि एकै पल्ट अरुणा यो विधामा सफल सावित भएकी हुन् । पछिल्लो पटक भलिबलकै उषा भण्डारीले यो अवार्ड जितिन् र वर्ष थियो ०७८ । यसरी गण्डकीका पाँच खेलाडीले पिपुल्स च्वाइस अवार्ड जित्न सफल रहेका छन् र संयोगले ती सबै महिला नै रहेका छन् । अनि त्यसमध्ये चार अवसरमा भलिबलका खेलाडी विजयी रहे । भारोत्तोलनकी तारा पुनले वर्ष ०६८ मा महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड जितिन् ।

यही विधामा ब्याडमिन्टनकी शोभा गौचन वर्ष ०७४ मा उत्कृष्ट रहिन् । यसरी अवार्ड कार्यक्रमकै सबैभन्दा महत्वपूर्णमध्ये एक उत्कृष्ट महिला खेलाडीको पुरस्कार पाँच अवसरमा गण्डकीका खेलाडीले जितेका छन् । पुरुषतर्फ यो अवसर पाउने गण्डकीका एकै खेलाडी युकेश गुरुङ रहेका छन् ।

प्याराग्लाइडिङका यी खेलाडीले यो अवसर वर्ष ०७५ मा पाए । त्यही वर्ष उनकै प्रशिक्षक योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भए, जुन अपेक्षित नै थियो ।


वर्ष ०७४ मा क्रिकेटका करण केसीले स्पेसल अवार्ड पाएका थिए । यो विधामा अन्य दुईले पनि गण्डकीको प्रतिनिधित्व गर्दै अवार्ड जितेका छन् । अझ पोखराले त यी दुवैलाई आफ्नो भएकोमा गर्व महसुस गर्नु पर्नेछ । त्यसमा एक भयो, आहा रारा गोल्डकप आयोजना गर्दै आएको सहारा क्लब भयो । सहाराले वर्ष ०६४ मा यो पुरस्कार हात पारेको थियो । अनि वर्ष ०७९ मा यही अवसर फोटो पत्रकार सुदर्शन रञ्जितले पाए ।

सबैका सुदर्शन दाई गण्डकीका एक्ला त्यस्ता विजेता रहेका छन्, जसको परिचय खेलाडी होइन् । तर नेपाली खेलकुदमा उनको योगदान कहाँ कम छ र रु अब अर्को प्रश्न, यसल्टको अवार्ड कार्यक्रम पोखरामै हुने शौभाग्य मिलेको बेला गण्डकी क्षेत्रका कतिले पुरस्कार जित्ने छन् त रु यो प्रश्नले यसपल्टको अवार्डलाई अझ कौतुलहतापूर्ण र रोमाञ्चक बनाउने छ । अब त यसका लागि धेरै दिन पनि त प्रतीक्षा गर्नु पर्ने छैन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा स्पोर्ट्स अवार्ड आयोजना भइरहेको हो। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी संयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सहसंयोजक रहेको मूल आयोजक समितिले आयोजनाको काम गरिरहेको छ।

पुल सेन्टर
वडा नं २६