सुचना१
newa srijana

स्याङ्जाली तमु समाजद्वारा सामुहिक ल्होसार पर्व मनाइयो

पोखरा  । स्याङ्जा जिल्लाको विभिन्न ठाउँवाट पोखरा महानगरपालिका वडा नं २६ मा वसोवार गर्दै आएका गुरुङ समुदायको साझा सस्था स्याङ्जाली तमु समाजले शनिवार विविध कार्यक्रमका साथ सामुहिक रुपमा ल्होसार पर्व मनाएका छन् ।

वि स २०५६ सालमा स्थापना भएको स्याङजाली तमु समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि समाज भित्र रहेका एक सय ३५ घर धुरीको उपस्थितीमा सर्प वर्गलाई विदाई गर्दै घोडा वर्गलाई स्वागत गर्दै नयाँ वर्ष रुपमा ल्होसार मनाएका हुन् ।

गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का अध्यक्ष नरेन्द्र थापाले तमु ल्होछारलाई जनजातिको विशेष पर्वहरुका रुपमा संरक्षण गर्दै प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव दिदै नेपाल र नेपालीको सम्पती भनेकै हामीहरुको भाषा, भेषभुषा र मौलिक संस्कृती भएकाले यसलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको धारणा राखेका थिए ।

हामी जहाँ जन्मेमि पनि अहिले वसोवास गर्दै आएको ठाउमा वसाई सराई ल्याएर अव यहि वडालाई नमुना वडा वनाउन र यहाँको विकास निर्माणको काममा पनि सहकार्य गर्न अगाडी वढ्न आग्रह गर्दै अध्यक्ष थापाले भाषा र सस्कृतीको संरक्षणका लागि युवा पुस्तालाई अगाडी सानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गेसोका पुर्व सभापति पदम वहादुर गुरुङले वर्षैदेखि शोषणमा परेका नेपालीको मुक्ति आन्दोलनका लागि गेसोले आबाज उदाउदै आएको प्रशंग उठाउदै अव नयाँ जोस जागर र उत्साहका साथ अगाडी वढ्ने प्ररणा ल्होसारले दिने र नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै आफनो मौलीक संस्कतीलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको उल्लेख गरे ।

Pokhara महोत्सव

सोही अवसरमा लोकतान्त्रकबादी आदीवासी जनजाती महासंघ कास्कीका उापध्यक्ष राजु गुरुङले गुुरुङ्गहरुको आफनो भेषभुुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिए । साथै उनले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।

कर्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुगानाले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

स्याङ्जाली तमु समाजका अध्यक्ष सुवेदार टौवहादुर गुरुङले आफ्नो भाषा, संस्कृतीसँगै ल्होसार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए । यस्तै सस्थाका निवर्तमान अध्यक्ष नेम बहादुर गुरुङले आफ्नो संस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मान गरिनुका साथै प्लस टु , स्नातक र स्नातकोत्तर गर्ने बाबु नानीहरु र समाजलमा प्रबेश गरेका नयाँ सदस्य तथा आजिवन सदस्यहरु र सहयोगदाताँलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ पहिरनमा सजिएर गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए ।

तमु जातिले यो वर्षको ल्होसारलाई नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै आएका छन् ।

समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा आमा समुहकी अध्यक्ष कृष्ण कुमारी गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव सुवेदार श्याम वहादुर गुरुङले गरेका थिए ।

पुल सेन्टर
वडा नं २६