सुचना१
newa srijana

स्याङ्जामा धान उत्पादन १३.८ प्रतिशतले वृद्धि

पोखरा । स्याङ्जा जिल्लामा धान उत्पादन वृद्धि भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा यस वर्ष १३ दशमलब ८ प्रतिशतले धान उत्पादनमा वृद्धि आएको हो ।

चालु वर्षमा ९ हजार ७२ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ४१ हजार ६४० मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष ३६ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको थियो । धान उत्पादन हुने अनूकुल वातावरण भएपछि उत्पादनमा वृद्धि भएको हो । धान उत्पादनमा वृद्धिसँगै उत्पादकत्वमा समेत वृद्धि आएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ मा प्रतिहेक्टर ४ दशमलब ५९ मेट्रिक टन धान उत्पादकत्व रहेकोमा अघिल्लो वर्ष प्रतिहेक्टर ४ दशमलब ३ मेट्रिक टन उत्पादकत्व थियो । धान खेती लगाउने कुल भूभागमध्ये ४० प्रतिशत क्षेत्रफलमा हाईब्रिड र उन्नत जातको बीउ प्रयोग गरेपछि धान उत्पादकत्वमा वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।

Pokhara महोत्सव

धान खेती गर्ने क्षेत्रफल घट्दै जाँदा समेत पछिल्ला वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले बताए । धान खेतीका लागि अनुकूल वातावरण, उन्नत जातको बीउ प्रयोग र खेतीमा आधुनिक प्रविधि भित्रिएसँगै धान उत्पादनसँगै उत्पादकत्वमा वृद्धि हुँदै गएको उनले बताए । धान खेतीमा पछिल्लो समय उन्नत बीउ र प्रविधिको प्रयोग बढ्दै गएको पठाकले जनाए ।

जिल्लामा गएको वर्ष ६७ हेक्टर क्षेत्रफलमा तीन सय ६ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । प्रतिहेक्टर ४ दशमलब ५७ मेट्रिक टन उत्पादकत्व रहेको चैतेधान चालु वर्षमा पनि उत्पादन वृद्धि हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

गएको असोज र कार्तिकमा परेको बेमौसमी वर्षाले जिल्लाको धान खेतीमा क्षति नपु¥याएको कार्यालयले दावी गरेको छ । बेमौसमी वर्षाले धानको गुणस्तरमा क्षति पु¥याएपनि उत्पादनमा खास्सै प्रभाव नपारेको कार्यालयले जनाएको छ । जिल्लाका ११ पालिकामध्ये चापाकोट, पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिका धान उत्पादन पकेट क्षेत्र हुन् ।

पुल सेन्टर
वडा नं २६