पोखरा । अधिकृत बिक्रेता संघ, पोखराको १९ औं साधारण सभा तथा १०औं अधिवेशनले तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा दिलिपकुमार श्रेष्ठ, उपाध्यक्षमा रबि सापकोटा, महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिवमा ज्ञानेन्द्र गौतम, कोषाध्यक्षमा देवेन्द्र प्रजु र सह कोषाध्यक्षमा नबराज अधिकारी चुनिएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा, अमृत सापकोटा, बिजेन्द्र शर्मा पौडेल, सन्दिप भट्टराई, ध्रुबराज थापा , विनय राजभण्डारी चयन भए । संघको बिधान अनुसार थप दुई सदस्यहरू पहिलो बैठकबाट मनोनित गर्ने प्राबधान रहेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गदै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले , सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत व्यवसायीको योगदान रहेको भन्दै ८६ प्रतिशत रोजगारी , ७५ प्रतिशत कर व्यवसायीले नै तिर्दै आएका छन् भने अझैपनी ब्यवसाय ढुक्क संग गर्ने वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी बैशाखबाट महासंघको नेतृत्व आफुले सम्हाल्ने भन्दै आफ्नो नेतृत्वमा बृहत्त कार्ययोजना बनाएर व्यवसायीको हितमा अगाडी बढ्ने जानकारी दिए । उनले स्वदेशी उत्पादनलाई महत्व दिने कार्य योजना अगाडी सार्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि महासंघको पहलमा लगानी सम्मेलन र उच्च स्तरीय आर्थिक सुधार आयोग गठन भएको औँल्याउँदै उनले ब्यवसाय सुरक्षा, लगानीको वातावरण, उत्पादन क्षेत्रको सुधारमा केही सफलता हासिल गरे पनि पछिल्लो समय भदौ २३ र २४ गतेको जे न ९ जी आन्दोलनका कारण निजिक्षेत्र थला परेको जनाए । थला परेको निजी क्षेत्रलाई उकास्न व्यवसायिक सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
एक प्रसङ्गमा उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सहित देशका प्रमुख शहरहरुमा नियमित हवाई उडान जोड्नु पर्ने तथा गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय विकासमा कावासोती, भिमाद पोखरा सुरुङ्ग मार्ग निर्माण गर्न सक्ने हो भने पोखरा लगाएत यो प्रदेशको छिटो बिकाश हुन सक्ने धारणा राखे । यि सबै बिकाशका लागी र व्यवसायीहरुको हितका लागि सम्पूर्ण निजि क्षेत्र अनि व्यवसायीक एकता अपरिहार्य छ, सबै एक भएर अगाडि बढौं ,उनको सुझाब थियो ।
कार्यक्रममा नेपाल बितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्त, अधिकृत बिक्रेता संघ पोखराका संस्थापक अध्यक्ष गोबिन्दप्रसाद कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी , नेपाल बितरक महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुङ्गना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बराल, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, हिमालयन एभरेष्ट ईन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख शिब सुबेदी, कम्युटर एशोसिएसन नेपाल कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तेजेन्द्र पौडेलले धन्यवाद ज्ञापन तथा महासचिव दिलिपकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष मनोजकुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गर्दै तहस नहस बनेको निजी क्षेत्र ले पटक पटकका भारहरू थेग्न नसक्ने भन्दै सरकारले व्यवसायमा स्थिरता सुनिश्चित गर्न माग गरे । ूब्यवसाय शुरू गर्नु ठूलो कुरा होइन भन्दै अध्यक्ष श्रेष्ठले व्यवसायलाई सफल बनाउन चुनौती रहेको औंल्याय । अधिवेशनमा महासचिव दिलिपकुमार श्रेष्ठले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।





