सुचना१
newa srijana

मनोहर कप भलिबलः नवज्योति र पकुवा विजयी

पोखरा । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् ।

बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।

आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।

Pokhara महोत्सव

प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ ।

माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ।

सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।

पुल सेन्टर
वडा नं २६