सुचना१
newa srijana

एमाले कास्की–२ बाट युवा बौद्धिक नेता रश्मि आचार्यको उम्मेदवारी दर्ता

समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता

पोखरा । यहि फाउन २१ गते सम्पन्न हुन गइरहेको आशन्न प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि ने क पा( एमाले ) कास्की क्षेत्र न २ बाट युबा नेता सो पार्टीको केन्द्रिय सदस्य रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन। उनको प्रस्ताबकमा एमाले केन्द्रिय सदस्य प्रभा कोइराला र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल रहेका छन।

उम्मेदवार आचार्यले मंगलबार पार्टीको आग्रह र समृद्धिको अभियानलाई सार्थक बनाउन सम्पूर्ण युबाहरू र कास्की क्षेत्र न २ का मतदाताको इच्छा बमोजिम उम्मेदवारी दर्ता गरेको उल्लेख गरे। उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्याउदै नवीन सोच र योजना अनुसार बिकासको अभियानलाई उचाइमा पुर्याउनु रहेको उल्लेख गर्दै अब राजनिती र बिकास गौरब गर्न लायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।

देश र जनताको हितको खातिर सम्पूर्ण जीवन लगाउने दृढ़ संकल्प लिएर प्रष्ट योजना र उद्देश्य सहित मतदाता समक्ष आएको भन्दै कास्की क्षेत्र न दुइका जनतालाई साथ दिन आग्रह गरे। उनले देशलाई दुर्घटना हुनबाट बचाउन युबाहरूको दर्हो साथ र अग्रजहरूको आशिर्वाद लिएर अघि बढ्ने उल्लेख गर्दै सार्थक बिकासको अबधारणालाई साकार पार्ने प्रतिबद्धता जनाए ।

Pokhara महोत्सव

पोखरा महानगर पालिका वडा ३३ , गैरागाउँका स्थायी बासिन्दा आचार्य ने क पा एमालेका समकालीन युबाहरूमा बौद्धिक नेताका रूपमा चिनिन्छ्न। जन्म: बि. स.२०३७/०५/०८ गते (तात्कालिन भरतपोखरी, गा बि स , गैरागाऊ) हालको पोखरा ३३ मा पिता रघुनाथ आचार्य र आमा रमाकुमारी आचार्यको जेष्ठ पुत्र रश्मि आचार्यले प्राथमिक शिक्षा स्थानिय ब्रमहज्योति प्रा. वि. र माध्यमिक शिक्षा सोही स्थानको श्री शान्ति उदय मा. वि. वरपाण्डेथु कैलास, कास्कीबाट प्राप्त गरेका हुन। बिद्यालय शिक्षा सहित बिश्वबिद्यालयमा समेत पढाइमा सधैं प्रथम र अब्बल
उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट आई. एस्. सी
वि. वि. एस् एम्. वि. एस्. त्री बि बि बाटै राजनितीक शास्त्र मा प्राइभेट तर्फबाट स्नातकोत्तर उपाधी हासिल गरेका छ्न।

नेपाल ल क्याम्पस काठमाडौँबाट एल्. एल्. वी. उतिर्ण गरि अधिवक्ता समेत रहेका उनी हाल ईन्टरनेसर्नल रिलेसन र डिप्लोमेसिमा पि एच डि स्कलर हुन ।
बिद्यालय जीबनमा नै एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीका संगठित भएका उनी
बि स २०५० देखि २०७७ सम्म निरन्तर अनेरास्ववियुमा २७ बर्ष विभिन्न कमिटीमा रहेर काम गरेका एक प्रभावशाली युबाको रूपमा चिनिन्छ्न ।

अनेरास्ववियुको कास्की जिल्ला कमिटी अध्यक्ष (२०६०), गण्डकी अन्चल कमिटी अध्यक्ष ( २०६३),केन्द्रीय सदस्य (२०६३) , केन्द्रीय कोषाध्यक्ष (२०६७),केन्द्रीय उपाध्यक्ष (२०६९) स्ववियु सचिव, पृथ्वीनारायण क्याम्पस ( २०६२) हुँदै २०६५ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति निर्बाचित भएका थिए।
२०५६ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका आचार्यले सो पार्टीको कास्की जिल्ला कमिटी सदस्य ( २०६६) ,तत्कालीन नेकपाको केन्द्रीय कमिटी सदस्य ( २०७७), गण्डकी प्रदेश उपसचिव (२०७८) हुँदै भर्खर सम्पन्न सो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका आशा लाग्दा इमानदार उम्मेदवार हुन।

पार्टीको कार्यक्रम र अभियानमा रणनीति चातुर्यता र दुरदृष्टी सोचाइका कारण नेतृत्वमा समेत अब्बल हुँदै आएका रश्मि सबैको प्रिय मानिन्छन् ।

पुल सेन्टर
वडा नं २६