पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन ।
पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे ।
पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए ।
प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिवलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।
पुरुष तर्फको भलिवलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ ।

विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।
महानगर विद्यालय स्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन ।
प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो ।
छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो ।

पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।





