newa srijana

भ्याट बिल छल्दै फर्निचर ढुवानी, फेदिखोलामा मिनि ट्रक नियन्त्रण

पोखरा । भ्याट बिल नहुँदा काठका फर्निचर सामग्री ढुवानी गरिरहेको एक मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी फेदिखोला स्याङ्जाबाट खटिएको चेकिङ टोलीले सवारी साधनहरूको नियमित जाँचका क्रममा पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ख ६९१३ नम्बरको मिनि ट्रकलाई फेदिखोला गाउँपालिका–२ अन्तर्गत सिद्धार्थ राजमार्ग खण्डमा नियन्त्रणमा लिएको हो।

World link net

जाँचका क्रममा उक्त सवारी साधनमा काठबाट बनेका फर्निचर सामग्री ओसारपसार भइरहेको फेला परेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। मिनि ट्रकमा १० थान बेड र ६ थान दराजसहितका फर्निचर सामग्री रहेका थिए।

भ्याट बिल बिना सामान ढुवानी गरिएको आशंकामा मिनि ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै सब डिभिजन वन कार्यालय आँधिखोला, स्याङ्जासँग समन्वय गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

सिटीजन फनिच्रर