newa srijana

लायन्स फेवा फुलबारीद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पोखरा । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय रघु आधारभूत विद्यालयका करिव ३० जना विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए।

सो सामाग्री शिक्षासेवी अञ्जु कँडेल, क्लवका पूर्व अध्यक्ष लायन माधव प्रसाद कँडेल,लायन राम पौडेललगायतले वितरण गरे ।

World link net

कार्यक्रममा शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्य जस्ता मानवीय सेवाका क्षेत्रमा लायन्स क्लवले खेलेको भुमिका अनुकरणीय रहेको बताईन् । क्लवका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सीता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश सुवेदी,ज्ञानोदय रघु आधारभूत विद्यालयका प्रधानाध्यापक सागर केसी, शिक्षक शारदा अधिकारीले सहयोगले विद्यार्थीको मनोवललाई उच्च बनाएको बताए ।

सोही अवसरमा विपन्न अवस्थाकी मानसिक रोगबाटग्रस्त एक महिलाको परिवारलाई आर्थिक सहयोग समेत प्रदान गरिएको क्लवले जनाएको छ । कार्यक्रममा पुर्व अध्यक्ष माधव कँडेलले आफ्नो जन्मदिनको अवसरमा क्लवको सामाजिक कार्यका लागि नगद १० हजार सहयोग प्रदान गरे ।

कोषाध्यक्ष दिनेश आचार्यले संचालन गरेको कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिटीजन फनिच्रर