newa srijana

विदेशिएका नेपालीको पीडा र आमाको ममतामा ‘आ बाट आमा’ माघ १६ देखि प्रदर्शनमा

पोखरा । विदेशिएका नेपालीको पीडा र आमाको ममतालाई केन्द्रमा राखेर बनेको फिल्म ‘आ बाट आमा’ माघ १६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ।

नेपाली फिल्म उद्योगमा पोखरा दोस्रो ठूलो बजारको रूपमा विकसित भएकोले निर्माण टोलीले यहाँ विशेष ध्यान दिएको हो। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका कलाकारहरूले कथा, उद्देश्य र सन्देशबारे जानकारी दिए।

पोखराको प्राकृतिक सौन्दर्यबीच फिल्मको प्रचारमा पुगेका भारतीय अभिनेता प्रदीप रावतले पोखरा आउनु राम्रो अनुभव भएको बताए। यहाँका दर्शकहरू फिल्मप्रति एकदम उत्साहित देखिन्छन्। हामी यो फिल्मलाई सफल बनाउन प्रतिबद्ध छौं रावतले भने। मैले पोखराको कुरा धेरै सुनेको थिएँ। यहाँको दृश्यदेखि लिएर मानिसहरूको फिल्मप्रतिको चासो देख्दा एकदम खुसी लाग्यो। नेपाली फिल्ममा काम गर्दा नयाँ अनुभव हासिल भएको पनि उनको भनाइ छ।

चलचित्रले विदेशिएका नेपालीको जीवन कथा उजागर गरेको छ। “बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं” भन्ने स्लोगनमार्फत विदेशिएका नेपालीको संघर्ष र अनुभूति प्रस्तुत गरिएको छ।

आमाको भूमिका निभाएकी बिपना थापाले पोखरामा आउन पाउँदा खुसी लागेको बताइन्। यहाँका दर्शकहरू धेरै मायालु र सकारात्मक छन्। यो शहरले फिल्मको सन्देश राम्रोसँग बुझ्नेछ उनले विश्वास व्यक्त गरिन्।

सिटीजन फनिच्रर

काठमाडौंपछि सबैभन्दा बढी दर्शक संख्या पोखरामै हुने अपेक्षा गरिएको छ। छोराको भूमिकामा रहेका पल शाहले पोखराका दर्शकले गुणस्तरीय सिनेमालाई सधैं साथ दिने गरेको बताए। चलचित्रमा अवसर नपाएपछि भविष्य बनाउन परदेश जाने छोरा र सन्तानप्रति अभिभावकले गरेको माया र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरिएको उनको भनाइ छ।

यो फिल्मले हरेक नेपाली परिवारको कथा देखाउँछ। आमा–सन्तानबीचको माया र समर्पणलाई निकै भावनात्मक रूपमा प्रस्तुत गरिएको छ अभिनेत्री उषा उप्रेतीले बताइन्। फिल्मले पारिवारिक मूल्य, प्रेम र आपसी समझदारीको कथा उठाएको भन्दै उनले यसले नेपाली समाजमा परिवारको महत्त्व पुनः स्मरण गराउने विश्वास व्यक्त गरिन्।

अभिनेत्री सिम्रन पन्तले विदेश जाने सपना र घरमा छाडिएका आमाबुवाको पीडा फिल्मले राम्रोसँग देखाएको टिप्पणी गरिन्। अभिनेता साइग्रेस पोखरेलले फिल्मको कथा हरेक उमेरका दर्शकलाई छोइने बताए।

फिल्म ‘आ बाट आमा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। सबै उमेरका दर्शकले सपरिवार हेर्न सक्नेछन्। कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले शुभकामना दिँदै कार्यक्रम समापन गरे भने सञ्चालन संघका सचिव सुरेश सुनारले गरेका थिए।

अनिल multipurpose
निरञ्जन कोइराला स्वतन्त्र उम्मेदवार
वडा नं २६