newa srijana

टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो 

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो।

सिटीजन फनिच्रर

पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो ।

Mountain run pokhara click

पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

Rabin photo