newa srijana

फेदीखोलामा किराना पसल चोरीको आरोपमा पक्राउ

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फेदीखोला गाउँपालिका–२ स्थित गंगा कुमारी थापाको चिया–खाजा घरको मुख्य ढोका फोडी चोरी गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१५ पानमारा स्थायी घर भएका ३४ वर्षीय सन्देश गुरुङलाई प्रहरीले फेदीखोला गाउँपालिका–१ कुभिण्डेबाट पक्राउ गरेको हो।

World link net

प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार आरोपी गुरुङ हाल फेदीखोला–२ स्थित एक कृषि फार्ममा काम गर्दै आएका थिए।

चोरी मुद्दामा जिल्ला अदालत स्याङ्जाले आरोपीलाई सात दिनको म्याद थप अनुमति दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर