पोखरा। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै प्रचार अभियान सुरु गरेको छ। शुक्रबार पोखरा महानगरपालिका–२ स्थित बिन्धवासिनीमा क्षेत्रीय निर्वाचन कार्यालय उद्घाटनसँगै कांग्रेसले घरदैलो अभियान, मतदाता शिक्षा र संगठन विस्तारलाई तीव्र बनाएको हो।
प्रतिनिधि सभातर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिकतर्फका उम्मेदवार आई बहादुर गुरुङलाई विजयी गराउने लक्ष्यसहित कांग्रेसले ८ हजार १ सदस्यीय निर्वाचन मूल आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर रहेका छन्।
समितिको सहसंयोजकमा खिमलाल बास्तोला र विष्णुबहादुर क्षेत्री, सचिवमा लक्ष्मीप्रसाद पौडेल र मेख तामाङ, कोषाध्यक्षमा मनपति भण्डारी तथा सह–कोषाध्यक्षमा खेमलाल पहारी तोकिएका छन्। सहसचिवमा आइन्दल गुरुङ र सितल अधिकारी तथा प्रवक्तामा महेश तिमिल्सिना रहेका छन्।
चुनावी अभियानलाई प्रभावकारी बनाउन मूल समितिअन्तर्गत २४ वटा उपसमिति गठन गरिएको छ। घोषणापत्र निर्माण, मिडिया परिचालन, अनुगमन, शिक्षक–प्राध्यापक तथा बुद्धिजीवी परिचालन, यातायात व्यवस्थापन, तरुण–युवा तथा विद्यार्थी परिचालन, मतदान शिक्षा, महिला परिचालन, मतदाता समन्वय, अर्थ संकलन, सांस्कृतिक तथा स्वयंसेवक परिचालन, कानुनी परामर्श, निवृत्त कर्मचारी, पर्यटन व्यवसायी, आदिवासी जनजाति महासंघ, भूपू सैनिक, दलित–अल्पसंख्यक तथा संघ–संस्था समन्वयलगायत उपसमिति सक्रिय बनाइएका छन्। नयाँ पुस्तालाई लक्षित गर्दै जेनजी संयोजकसमेत तोकिएको छ।
कार्यालय उद्घाटन समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनावी सफलता पार्टीको एकता, अनुशासन र सक्रियतामा निर्भर रहने बताए। उनले कास्की–३ मा कांग्रेसले पु¥याएको योगदान स्मरण गर्दै प्रजातन्त्र, संविधान रक्षा र विकासका लागि कांग्रेस उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। ‘२०५६ सालको ऐतिहासिक जित दोहोर्याउन घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद आवश्यक छ,’ उनले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले कांग्रेस बदलिएको सन्देश जनतामाझ पु¥याउनुपर्ने बताए। उम्मेदवार मनोज गुरुङ र आई बहादुर गुरुङले पार्टीको एकतामै शक्ति रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई सक्रिय रूपमा चुनावी प्रचारमा जुट्न आह्वान गरे।
निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महासमिति सदस्य सिता गुरुङलगायत वक्ताहरूले संगठन बलियो बनाएर मतदाताको मन जित्नुपर्नेमा जोड दिएका थिए।
चुनाव परिचालन समितिले घरदैलो अभियान, मतदाता शिक्षा, लक्षित प्रचार–प्रसार र संगठन विस्तारलाई मुख्य रणनीति बनाउँदै कास्की–३ मा कांग्रेसको जित सुनिश्चित हुने दाबी गरेको छ।
यसैगरी कास्की क्षेत्र नं. १ को रुपा–५ देउराली, रुपा ४ खाल्टे, रुपा ३ पोल्याङटार, रुपा १ को दरगाँउटारमा सम्पर्क कार्यलय स्थापना गरिएको नेपाली काँग्रेस क्षेत्र नं. ३ का सचिव ओमप्रकाश गुरुङले जानकारी दिए । नेपाली काँग्रेस कास्कीका प्रवत्ता तथा सुचना, सञ्चार तथा आइटी समितिका संयोजक नविन सिग्देलका अनुसार क्षेत्र नं. १ का विभिन्न ठाउँहरुमा सम्पर्क कार्यलाय स्थापना सँग भेटघाटलाई तिव्र पारिएको छ । घरदैलो तथा भेटघाट कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापा सहितको टोली सक्रिय भएर लागेको छ ।
कार्यक्रममा बौल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तीलक बहादुर रानाभाटले यस क्षेत्रको वृहत्तर विकास र जनताका आवाजलाई संसदमा लैजान रुख चिन्हमा मतदान गर्न आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, निवर्तमान सहमहामन्त्री जीवन परियार, काँग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री कोपिला रानाभाट, नेता प्रकाश मोहन खनाल, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, रुपा गाँउ पालिका सभापति विमलबावु न्यौपाने, विद्यार्थी नेता रशिकहरी भण्डारी, स्थानीय नेता रविमोहन घिमिरे, खमनसिंह गुरुङ, रामचन्द्र पौडेल, गेहेन्द्रश्वर कोइराला, मदन मल्ल, लक्ष्मी साही, भरत केसी, अमृत भुजेल, नारयाण कुमार श्रेष्ठ, विनोद छिमाल, बुद्धि बहादुर थापा लगायतले बोलेका थिए ।





