सुचना१
newa srijana

फोटो पत्रकार कोषमा सामाजिक अभियान्ता सरिता गुरुङको सहयोग

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानससम्म पुर्‍याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा हाल अमेरिका बस्दै आएकी छन् ।

सिटीजन फनिच्रर

सहयोग ग्रहणपछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरूको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यसअघि कोषमा सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार र सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

यसैबीच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात् रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग प्रदान गरिएको हो । सो रकम अभियान्ता गुरुङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरिन् ।

Tiger cup
वडा नं २६