सुचना१
newa srijana

‘डेस्टिनेशन प्याराडाइज’मार्फत पोखरा विकास गरिने: रश्मि आचार्य

'लिंक पोखरा, मार्क पोखरा र ट्विट पोखरा'मार्फत पर्यटकीय विकास गरिने

पोखरा । निर्बाचनको मिति फागुन २१ गते नजिकिदै गर्दा ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले मतदाता भेटघाट र अन्तक्रिर्या सहित सुझाब संकलनलाई तिब्रता दिएका छ्न।

बिहीवार उम्मेदवार आचार्यले पोखरा महानगरपालिका वडा न २० अन्तरगत मौजा ,मोहोरिया का स्थानिय मतदातासंग सुझाव संकलन र अन्तरक्रिया गरेका छन। सो क्रममा उम्मेदवार आचार्यले पोखराको बिकासमा आफुले बिशिस्ट विशेषता सहितको बिकासको मोडल नीति परिकल्पना गरेको उल्लेख गरे।

पोखरा आफैंमा बिशिस्टता बोकेको महानगर भएको हुँदा अबको युगमा यसलाइ सन्सारकै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउन ” “डेस्टिनेसन प्याराडाइज”को अबधारणा तयार गरेको उल्लेख गरे। पोखराको भुगोल र स्थानियतालाई जोड्न वरिपरिका ग्रामिण इलाका र मुख्य शहरी इलाकालाई पर्यटन मार्फत सम्बन्ध स्थापित र घनिभुत पार्न सकिन्छ। “लिङ्क पोखरा” अबधारणा मार्फत भौतिक र पर्यटकीय बिकासमा उभार ल्याउन सकिने उनको तर्क छ।

सिटीजन फनिच्रर

यो पर्यटनको राजधानीलाई स्थानीय तहसंगको सहकार्यमा थप ब्यबस्थित गर्नुछ। त्यसका लागि भएका पर्यटकीय गन्तब्यको पहिचान , बिकास र ब्यबस्थापनको खाका ” मार्क पोखरा ” हुने उल्लेख गरे। भएका पर्यटकीय पूर्बाधारको बिकास त गर्नु नै छ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेर बढी पर्यटक भित्र्याउनका लागि ” ट्विट पोखरा” अभियान स्थानीयसंगको सहभागीतामा महत्त्वपूर्ण हुन सक्ने बताए।

वडा न २० का विभिन्न टोल र बस्तिमा सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले सबैको साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। निति निर्माण र त्यसको प्रभाबकारी कार्यन्वयनबाटै नयाँ युबा पुस्ताको युग निर्माण सुशासन र भ्रस्टाचार नियन्त्रणको मुख्य आधार हुने उल्लेख गरे।

जनताका भावाना र सुझाव सुन्न चुनाव पछि पनि नियमित कार्यतालिका निर्माण गरेर वडाका स्थानियहरूसंग आउने उनले प्रतिबद्धता जनाए। उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य बिद्यार्थी राजनितिबाट उदाएका अब्बल युबा मानिन्छ्न।

Tiger cup
वडा नं २६