newa srijana

पेनाल्टीमा पुलिसलाई हराउँदै सहारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

आयोजक सहाराले नेपाल पुलिसलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै क्वार्टरफाइनल पार गर्‍यो

पोखरा । नेपाल पुलिस क्लबलाई हराउदै आयोजक सहारा क्लब २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आज भएको पहिलो क्वार्टरफाइनल खेलमा सहाराले पुलिसलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफको ४९ औँ मिनेटमा पुलिसका कप्तान राम ओजेले गोल गरेर टिमलाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको ६१ औँ मिनेटमा पुलिसका भक्तजन खड्काले हातको प्रयोग गरेर मुकुन्दकुमार नुइरेलाई डिबक्स भित्र लडाएपछि म्याच रेफ्रि उमेश विडारीले सहारालाई पेनाल्टीको अवसर दिएका थिए ।

सिटीजन फनिच्रर

सोहि अवसरलाई सदुपयोग गर्दै नुइरेले सहाराका लागि गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेलको निर्धारित समयमा १–१ गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त ३० मिनेटको समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा सहाराका लागि अमित टमाटा, विनय तामाङ, सिसस थापा, भगवत चौधरी, प्रशन्त श्रेष्ठ र टय डेनिल बडारुले गोल गरे । नेपाल पुलिसका कप्तान राम ओजेको पेनाल्टी रोकेका साहराका गोलकिपर टिकेन्द्र थापा पेनाल्टीमा गोल गर्न भने चुके ।

पुलिसका लागि धिरेन्द्र शाहले पनि पेनाल्टी पोष्ट बाहिर हाने पछि सहाराले सेमिफाइनल यात्रा तय गरेको हो । अब प्रतियोगितामा भोली आइतबार चर्ज ब्वाइज युनाईटेड र जवलाखेल युथ क्लब बिच हुने छ ।

तिन विदेशी सहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आहा रारा
वडा नं २६