newa srijana

विद्युतीय झटका लाग्दा युवा कामदारको घटनास्थलमै मृत्यु

पोखरा । गलकोट नगरपालिका–३ गैदीपुलस्थित गैदी खोलामा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका–२ क्युरेनीटार घर भई हाल बागलुङमा बस्दै आएका १७ वर्षीय राम राई रहेका छन्। बागेश्‍वरी मल्टिपर्पज कम्पनीमा कामदारको रूपमा कार्यरत राईलाई करेन्ट लागेको हो।

सिटीजन फनिच्रर

कम्पनीको ध१त ७७ नम्बरको ट्याङ्करमा विद्युतीय मोटरबाट पानी भर्ने क्रममा उनलाई खोलामा नै करेन्ट लागेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई तत्काल स्वास्थ्य क्लिनिकमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

Mountain run pokhara click

प्रहरीले घटनास्थलमा टोली खटाएर अनुसन्धान सुरु गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि गलकोट अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Rabin photo