पोखरा । यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा आइतबार सम्पन्न ५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जित्नु भएको छ ।
मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न सफल हुनु भएको हो । उक्त दुबै विधामा मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो ।
यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका रिहाना शेरचन र अजरेन्का शेरचन तेश्रो हुनु भयो । त्यसै गरी यू—१९ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलकी रिहाना शेरचन र ग्लोबल कलेजिएट स्कूलकी रक्षा फगामी तेश्रो हुनुभयो ।
त्यसै गरी यू—१७ छात्र तर्फ ओमेगा इन्टरनेशनल कलेजका सौर्या महर्जन प्रथम हुनु भयो भने क्याम्पियन एकेडेमीका सुदेश राजकोटी द्वितीय हुनु भयो । त्यस्तै ज्ञानोदय सेकेण्डरी स्कूलका प्रतीक विष्ट र सेन्ट जोसेफका विवेक अधिकारी तेश्रो हुनुभयो ।
यू—१३ छात्र तर्फ कञ्चनजङ्घा इङ्लिस स्कूलका सक्षम गुरुङ प्रथम, नर्थ पोइन्ट एकेडेमीका विराट बस्नेत दोश्रो र डन बोस्को सेकेण्डरीका जोनाथन तामाङ र स्काई राइडर स्कूलका गब्रियल लामा तेश्रो हुनुभयो ।
११ वर्षमुनि (यू–११) छात्रा तर्फ एपिएफकी आश्रुति कार्की प्रथम हुँदा शिशु निकेतन सेकेण्डरी इङ्लिस स्कूलकी सुरुची श्रेष्ठ दोश्रो हुनु भयो भने सेन्ट मेरी सेकेण्डरी स्कूलका युमिका साम्पाङ राई र आर्या थापा तेश्रो हुनुभयो ।

त्यसै गरी ११ वर्षमुनि (यू–११) छात्र तर्फ नर्थ पोइन्ट एकेडेमीका विराट बस्नेत प्रथम, स्काई राइडर स्कूलका गब्रियल लामा दोश्रो र मैत्रिय पाठशालाका मिजास उदास तथा अक्सफोर्ड हायर सेकेण्डरी स्कूलका (बुटवल) क्रिमुन रिजाल तेश्रो हुनु भयो ।
१३ वर्षमुनि (यू–१३) छात्रा तर्फ विश्व आदर्श विद्यालय (इटहरी) की सविज्ञा दाहाल प्रथम, ग्यालेक्सी पब्लिक स्कूलकी अजेरेन्का शेरचन दोश्रो र एपिएफकी आश्रुति कार्की तथा मैत्रेय पाठशालाकी प्रथिसा शर्मा तेश्रो हुनुभयो ।
त्यसै गरी मिक्स डबल्स तर्फ रोमन गोतामे÷विवेक सुवेदीको जोडी प्रथम हुनु भयो । त्यसै गरी वरदान ताङ्बे लामा÷नरहरि राईको जोडी दोश्रो तथा सजेन्द्र हमाल÷दीपेन पुन र विश्वजित गुरुङ÷अमित राना मगरको जोडी तेश्रो हुनुभयो ।
प्रतियोगितामा विभिन्न उमेर समूहका करिब दुई सय खेलाडीको सहभागिता रहेको थियो । विद्यालय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरीयो भने यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
विजयी खेलाडीहरुलाई नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, जापानीज प्रशिक्षक टि—यामामोतो, संयोजक वरदान ताङवे लामा, फाउण्डेसनका अध्यक्ष गूगोल गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा सञ्चालन प्रतियोगिता फागुन १ गतेदेखि संचालन भएको थियो । फिट नेपाल स्पोट्र्सप्लेक्स र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताले विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने मदरल्याण्ड सेकेण्डरी स्कुललाई ‘बेस्ट स्कूलको ट्रफी’ प्रदान गरिएको छ ।





