newa srijana

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

पोखरा । जेसीआई पोखरा (पोखरा जेसीज) द्वारा आयोजना हुन लागेको ‘ककस प्रोग्राम–२०२६’ को एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबीच सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका बीच दुई पक्षबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा जेसीज पोखराका तर्फबाट अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका हुन् ।

सिटीजन फनिच्रर

सम्झौता अनुसार आगामी फागुन ७ गते (फेब्रुअरी १९) पोखरा सभागृहमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड प्रसारण गर्नेछ ।

सम्झौता कार्यक्रममा जेसिजको तर्फबाट कार्यक्रम संयोजक तिलकप्रसाद लामिछाने, एबिसी टिभी पोखराका संवाददाताद्वय गिता रानामगर र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

अनिल multipurpose
आहा रारा
वडा नं २६